मंगलबार, जेठ ८ गते २०८१

नेपाल र भारत विगतबाट धेरै अघि बढिसकेका छन् : भारतीय विदेशमन्त्री

नेपाल र भारत विगतबाट धेरै अघि बढिसकेका छन् : भारतीय विदेशमन्त्री

अखबार दैनिक
बिहीबार , मंसिर १८ २०७७
  • नेपाल र भारत विगतबाट धेरै अघि बढिसकेका छन् : भारतीय विदेशमन्त्री

    मंसिर १८,

    images

    भारतीय विदेशमन्त्री सुब्रमण्यम् जयशंकरले विगतमा रहेका समस्याबाट नेपाल र भारत दुवै देश अघि बढ्ने निर्णय गरेको बताएका छन् । द हिन्तुमा प्रकाशित अन्तरवार्तामा उनले छिमेकीहरुबीच समस्या हुनु स्वभाविक भएको बताए ।

    एस जयशंकरले नेपाल र भारतबीच विगतमा समस्या भए पनि ती समस्याबाट दुबै देश धेरै अगाडि बढीसकेको बताएका छन् । नेपाल भारत परराष्ट्रमन्त्री स्तरीय बैठकको तयारी भइरहेका बेला जयशंकरले यस्तो कुरा बताएका हुन् ।

    भारतीय विदेशमन्त्रीले अधिकांश छिमेकी मुलुक प्रजातान्त्रिक भएकाले ससाना समस्या हुनु आन्तरिक राजनीतिको उपज भएको बताए । उनले नेपाल र भारतले अगाडि बढ्ने निर्णय गरिसकेको बताएका छन् ।

    नेपाल र भारतबीच परराष्ट्र सचिवस्तरीय वार्ता भइसकेको छ । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभणेले नेपाल भ्रमण गरेका छन् भने गुप्तचर निकाय रअका प्रमुखले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार