सोमबार, भदौ ३१ गते २०८१

आज सुनको मूल्य प्रतितोला रु ५ सय र चाँदी ३० रुपैयाले बढ्यो

आज सुनको मूल्य प्रतितोला रु ५ सय र चाँदी ३० रुपैयाले बढ्यो

अखबार दैनिक
बुधबार, मंसिर १७ २०७७
  • आज सुनको मूल्य प्रतितोला रु ५ सय र चाँदी ३० रुपैयाले बढ्यो

    मंसिर १७,

    images

    स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ५ सय रुपैयाले बढेको छ । छापावाला सुन मङ्गलबारका तुलनामा प्रतितोला रु ५०० ले वृद्धि भएर रु ९१ हजारमा कारोवार भएको छ । छापावाला सुन मङ्गलबार प्रतितोला रु ९० हजार ५०० मा कारोवार भएको थियो । सोमबारको तुलनामा आजसम्म आइपुग्दा पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भएको छ ।

    यस्तै तेजाबी सुनसमेत आज प्रतितोला रु ५०० ले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । प्रतितोला रु ९० हजार ५० मा मङ्गलबार कारोवार भएको तेजाबी सुन आज भने रु ९० हजार ५५० मा कारोवार भएको छ ।

    यस्तै चाँदी आज प्रतितोला रु एक हजार १८५ मा कारोवार भएको छ । चाँदी प्रतितोला रु एक हजार १५५ मा मङ्गलबार कारोवार भएको थियो । चाँदी प्रतितोला रु ३० ले वृद्धि भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ