बिहीबार , वैशाख २७ गते २०८१

भारतीय कमेडियन भारती सिंहले गाँजा खाने गरेको स्वीकारिन्

भारतीय कमेडियन भारती सिंहले गाँजा खाने गरेको स्वीकारिन्

अखबार दैनिक
बुधबार, मंसिर १७ २०७७
  • भारतीय कमेडियन भारती सिंहले गाँजा खाने गरेको स्वीकारिन्

    मंसिर १७,

    images

    भारतीय कमेडियन भारती सिंहले आफूले गाँजा खाने गरेको स्वीकार गरेकी छन् । भारतको लागू औषध नियन्त्रण ब्युरोले हिजो नियन्त्रणमा लिएपछिको बयानमा सिंहले आफूले गाँजा खाने गरेको स्वीकार गरेकी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    एनसिबीले १८ घन्टासम्म सिंह र उनका पति हर्ष लिम्बाचियासँग बयान लिएको थियो । दुबैजनाको स्वास्थ्य परीक्षण गरेर आज अदालत पेश गर्ने तयारी भइरहेको एनसिबीले जनाएको छ । एनसिबीको छापाका क्रममा भारती सिंहको घर र अफिसबाट ८६.५ ग्राम गाँजा फेला परेको थियो । शनिबार ब्युरोले अन्धेरी,लोखण्डवाला र बर्सोवामा रहेको घरमा छापा मारेको छ। ब्युरोले त्यहाँबाट केही नशालु पदार्थ बरामद गरेको बताएको थियो। बलिउडका अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि फिल्मी क्षेत्रमा लागुऔषध प्रयोग हुने गरेको कुराबाहिर आएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ