शुक्रबार, असोज ४ गते २०८१

नेकपा बैठक १ घण्टा पर सर्‍यो, प्रधानमन्त्री ओली पनि सहभागी हुने

नेकपा बैठक १ घण्टा पर सर्‍यो, प्रधानमन्त्री ओली पनि सहभागी हुने

अखबार दैनिक
बुधबार, मंसिर १७ २०७७
  • नेकपा बैठक १ घण्टा पर सर्‍यो, प्रधानमन्त्री ओली पनि सहभागी हुने

    मंसिर १७,

    images

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक केहि समय पछि सरेको छ । आज (बुधवार) दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैय्हक केही ढिला हुने भएको हो । महासचिव विष्णु पौडेलले बैठक केही ढिला हुने लोकान्तरलाई जानकारी दिए । नेकपाभित्र विवाद चर्किएका बेला बैठक हुने/नहुने अनिश्चित थियो ।

    महासचिव विष्णु पौडेलको कार्यव्यस्तताका कारण बैठक १ घण्टा पर सारेर दिउँसो २ बजे बस्ने गरी बोलाइएको बताइएको छ । यसैविच प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठकमा सहभागी हुने भएका छन् ।

    यसअघि ओलीले बैठकको औचित्य नभएको भन्दै आजको बैठकमा सहभागी नहुने अडान लिएका थिए । तर प्रधानमन्त्री निवास बालुवाटारमा आफूपक्षीय नेताको बैठकपछि ओली बैठकमा सहभागी हुन राजी भएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ