शुक्रबार, असोज ४ गते २०८१

सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको बर्थ डे सेलिब्रेसन

सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको बर्थ डे सेलिब्रेसन

अखबार दैनिक
मंगलबार, मंसिर १६ २०७७
  • सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको बर्थ डे सेलिब्रेसन

    मंसिर १६,

    images

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको ६२ औं जन्मदिन मनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकअघि पौडेलको जन्मदिनको अवसरमा केक काटिएको थियो ।

    अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले पौडेललाई केक खुवाएर शुभकामना दिएका थिए । त्यस अवसरमा पार्टी उपाध्यक्ष बामदेव गौतमले पौडेललाई १०० वर्ष बाँच्नुहोस् र राम्रो काम गर्दै जानुहोला भनी शुभकामना दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

    पौडेललाई जन्मदिनको शुभकामना दिएपछि नेकपा बैठक सुरु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ