शनिबार, जेठ ५ गते २०८१

सभा, जुलुस र प्रदर्शन नगर्न काठमाडौँ जिल्ला प्रशासन कार्यालयको अनुरोध

सभा, जुलुस र प्रदर्शन नगर्न काठमाडौँ जिल्ला प्रशासन कार्यालयको अनुरोध

सभा, सम्मेलन, जुलुस गरी भीडभाड बढाएमा कारबाही गरिने विज्ञप्तिमा भनिएको छ

images
अखबार दैनिक
मंगलबार, मंसिर १६ २०७७
  • सभा, जुलुस र प्रदर्शन नगर्न काठमाडौँ जिल्ला प्रशासन कार्यालयको अनुरोध

    मंसिर १६,

    images

    जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै संक्रमणको स्थितिलाई भयावह बनाउने क्रियाकलाप नगर्न आग्रह गरेको हो ।

    काठमाडौँमा विभिन्न माग राखी राजनैतिक तथा अन्य भीडभाडजन्य गतिविधि बढिरहेको भन्दै प्रशासनले त्यस्ता गतिविधि नगर्न सूचना जारी गरेको छ । भीडभाडजन्य गतिविभि सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन स्थानीय प्रशासन ऐन–२०२८, र संक्रामक रोग ऐन २०२० विपरीत हुने पनि प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    सभा, सम्मेलन, जुलुस गरी भीडभाड बढाएमा स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने विज्ञप्तिमा भनिएको छ ।

    यस्तो छ सूचना :

     

    dao-pr-ktm-01122020071400-1000x0.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार