शुक्रबार, असोज ४ गते २०८१

प्रचण्डको ‘नयाँ राजनीतिक विश्लेषण’ नामक अन्तर्वार्ता संग्रह सार्वजनिक

प्रचण्डको ‘नयाँ राजनीतिक विश्लेषण’ नामक अन्तर्वार्ता संग्रह सार्वजनिक

अखबार दैनिक
आइतबार, मंसिर १४ २०७७
  • प्रचण्डको  ‘नयाँ राजनीतिक विश्लेषण’ नामक  अन्तर्वार्ता संग्रह सार्वजनिक

    मंसिर १४,

    images

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पुस्तक ‘नयाँ राजनीतिक विश्लेषण’ सार्वजनिक भएको छ। २०७४ देखि २०७७ सम्म विभिन्न सञ्चारमाध्यममा प्रकाशित अन्तर्वार्ता समेटिएको उक्त पुस्तका सार्वजनिक भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । पुस्तकले तत्कालीन राजनीतिक परिस्थिति र परिघटना बुझ्न मद्दत गर्ने विश्वस प्रचण्डले लिएका छन् ।

    पुस्तक राजनीतिशास्त्रका विद्यार्थी, नेपाली समाज र राजनीतिमा अनुसन्धान गर्न चाहने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता र नेपाली राजनीतिका बारेमा चासो राख्ने सबैका लागि उपयोगी हुने विश्वास रहेको प्रकाशन संस्था प्रज्ञा स्मृति प्रतिष्ठानले जनाएको छ ।

    प्रचण्डले विभिन्न समयमा तात्कालीक विषयमा पार्टीका धारणा र वर्तमान राजनीतिक परिस्थितिका बारेमा अन्तर्वार्ता लिएर नयाँ राजनीतिक विश्लेषण र विचार निर्माणमा प्रत्यक्ष वा परोक्ष रुपमा पुस्तकले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

    पुस्तक ४०८ पृष्ठको छ । जसको मूल्य ५५० रुपैयाँ रहेको छ । पुस्तक राजधानी काठमाडौँ लगायत देशका विभिन्न सहरहरुका पुस्तक पसलमा उपलब्ध हुने सचिवालयले जानकारी गराएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ