शुक्रबार, असोज ४ गते २०८१

बैठकनै नबसेर पार्टीमा समस्या पैदा भयो : वामदेव गौतम

बैठकनै नबसेर पार्टीमा समस्या पैदा भयो : वामदेव गौतम

अखबार दैनिक
आइतबार, मंसिर १४ २०७७
  • बैठकनै नबसेर पार्टीमा समस्या पैदा भयो : वामदेव गौतम

    मंसिर १४,

    images

    नेकपाका उपाध्यक्ष वामदेव गौतमले बैठक बस्‍न नसकेकाले पार्टीमा ठूलो समस्या पैदा भएको बताएका छन् । आइतबार गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीद्वारा जारी धारणामा अहिले नेकपाभित्र जति पनि समस्या आए ती सबै बैठक बस्‍न नसकेर आएको उल्लेख छ ।

    ‘बैठक बस्दा दुवै अध्यक्षको सहमति हुनुपर्छ भन्‍नुको अर्थ बैठक बस्‍न नदिने गरी विचार राख्‍न र अवरोध गर्न कुनै पनि अध्यक्षले पाइन्‍न । पार्टी विधानमा आवश्यकताबमोजिम बैठक बस्‍ने भन्‍ने व्यवस्था भएका कमिटीहरुका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी बैठक बस्‍न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँग परामर्श गरी बैठक बोलाउनुपर्छ’ गौतमको धारणामा भनिएको छ ‘यस्ता व्यवस्थापनसित सम्बन्धित विषयमा पनि विवेक पुर्‍याउन नसक्नेलाई के भन्‍नु ? यत्ति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो । बैठक बस्‍न हुन्‍न भन्‍ने विचारलाई महासचिवले साथ दिनुहुन्‍न ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ