शुक्रबार, मंसिर ४ गते २०८३

प्रधानमन्त्री बालेनको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

प्रधानमन्त्री बालेनको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

अखबार दैनिक
शुक्रबार, मंसिर ४ २०८३
  • प्रधानमन्त्री बालेनको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

    काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ ।

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको भारत भ्रमणलाई औपचारिक स्वीकृति दिएको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिएका छन् ।

    मन्त्रिपरिषद् बैठकको निर्णयमा प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने उल्लेख छ ।

    प्रधानमन्त्री शाह आगामी मंसिर ६ र ७ गते दुई दिने भारत भ्रमणमा जाने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा दुई देशबीचको आपसी सम्बन्ध तथा द्विपक्षीय हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार