बिहीबार , मंसिर ३ गते २०८३

तीन महिनामा ४५ आगलागीका घटना, १७ करोड बढीको क्षति

तीन महिनामा ४५ आगलागीका घटना, १७ करोड बढीको क्षति

अखबार दैनिक
बिहीबार , मंसिर ३ २०८३
  • तीन महिनामा ४५ आगलागीका घटना, १७ करोड बढीको क्षति

    भद्रपुर (झापा), ३ मङ्सिर: झापामा पछिल्लो तीन महिनामा आगलागीका ४५ घटना भएका छन् । भदौ, असोज र कात्तिकमा भएका ती घटनामा रु १७ करोड ५१ लाख १३ हजार ९७५ बराबरको आर्थिक क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।    
        
    कात्तिकमा मात्रै २६ वटा आगलागीका घटना हुँदा रु छ करोड ७२ लाख २१ हजार बराबरको अनुमानित क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार ती घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।    
        
    त्यस्तै, असोजमा आगलागीका १२ घटना हुँदा रु १० करोड ६६ लाख ८२ हजार ९७५ बराबरको क्षति भएको थियो भने भदौमा सात वटा घटना हुँदा रु १२ लाख १० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।    
        
    प्रहरी नायब उपरीक्षक बुढाथोकीका अनुसार जिल्लामा पछिल्लो तीन महिनाको अवधिमा विपद्का अन्य घटनाको तुलनामा आगलागीबाट सबैभन्दा बढी आर्थिक क्षति भएकोे छ ।रासस  

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार