शुक्रबार, मंसिर ७ गते २०८१

कक्षा १२को प्रश्नपत्र वास्तवमै लिक भएको पुष्टि

कक्षा १२को प्रश्नपत्र वास्तवमै लिक भएको पुष्टि

अखबार दैनिक
बिहीबार , मंसिर ११ २०७७
  • कक्षा १२को प्रश्नपत्र वास्तवमै लिक भएको पुष्टि

    मंसिर ११,

    images

    वर्तमान परिपेक्षमा विश्वनै कोरोना महामारीले ग्रस्त भैरहेको बेला सोही परिस्थितिबिच कक्षा १२को परिक्षा सञ्चालन भैरहेको छ । यसलाई यथोचित ढंगबाट सम्पन्न गर्ने हेतुले सम्बन्धि निकायको सक्रियता यथावत् छ । सो हुँदैगर्दा पनि परिक्षालाई सहि ढङ्गले चलाएमान भने बनाउन सकिएको देखिदैन । परिक्षा केन्द्र र परिक्षाको विषयलाई लिएर विभिन्न समाचार माध्यममा आएका समाचारका अनुसार परिक्षा निकैनै अमर्यादित र अव्यवहारिक ढंगले संचालन भैरहेको छ ।

    यद्यपि हिजो मात्रै भौतिक विज्ञान अर्थात फिजिक्स विषयको प्रश्नपत्र परिक्षा अगावै सार्वजनिक भएको हल्ला बिद्यार्थीमाझ व्याप्त थियो । केही बिद्यार्थी भने उक्त कुरो हल्ला मात्र भएको जिकिर गर्दै वेवास्ता गर्दै थिए भने केहि बिद्यार्थी वास्तवमै प्रश्नपत्र लिक भएको हुनसक्ने आशंकाले सोही प्रश्नपत्रलाई मध्यनजर गर्दै परिक्षाको तयारीमा लागिरहेका थिए । आज परिक्षा दिन बस्दा अधिकांश बिद्यार्थीले प्रश्नपत्र साँच्चिकै लिक भएको भेउ पाईसकेका थिए । लिक भएको भनिएको प्रश्नपत्र र परिक्षाकेन्द्रमा सामेल हुँदा पाएका प्रश्नपत्र दुरुस्तै थिए ।

    यसले बिद्यार्थी र अभिभावकमा अस्वभाविक अन्योलता सिर्जना गराएको छ । कक्षा १२ को बाकिँ विषयको परिक्षा प्रतिको विश्वसनीयता र परिक्षा दिने बिद्यार्थीमा मनोबैज्ञानिक असर पर्नेकुरा नकार्न सकिन्न । यसो हुनुमा सम्बन्धित निकायको गैरजिम्मेवारीपूर्ण लापरबाहीले यसो भएको हुनसक्ने ठोकुवा शिक्षा अधिकारीहरुले गरिरहेतापनी उक्त समाचारको आधिकारिक जवाफ कुनै शैक्षिक निकायले अहिलेसम्म दिएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ