शुक्रबार, असोज ४ गते २०८१

भोली हुने फिजिक्सको प्रश्नपत्र आजै सार्वजनिक

भोली हुने फिजिक्सको प्रश्नपत्र आजै सार्वजनिक

अखबार दैनिक
बुधबार, मंसिर १० २०७७
  • भोली हुने फिजिक्सको प्रश्नपत्र आजै सार्वजनिक

    मंसिर १०,

    images

    कोरोना महामारी बिच लामो समयपछि हुँदै गरेको कक्षा १२ को बोर्ड परिक्षा आज दोश्रो दिन सामान्य तवरमा सम्पन्न भएको छ । बिद्यार्थी र परिवारमा असामान्य परिस्थिति र भयका बिच अधिकांश बिद्यार्थी परिक्षामा सामेल भएको तथ्यांक अखबारदैनिकलाई प्राप्त भएको छ । विश्व नै कोरोना महामारीमा गुज्रिरहेको बेलामा भयसँगै परिक्षामा शतप्रतिशत बिद्यार्थी सामेल हुने अवस्था नभएपछि अधिकांश बिद्यार्थी परिक्षामा सामेल भैरहेको तथ्यांकले स्पष्ट पार्छ ।

    यसैबीच परिक्षालाई हदैसम्म सहज र सामान्य वातावरणमा होस् भन्ने हेतुले सम्बन्धि निकायको सक्रियता यथावत् छ । सो हुँदैगर्दा पनि परिक्षालाई सहि ढङ्गले चलाएमान भने बनाउन सकिएको देखिदैन । परिक्षा केन्द्र र परिक्षाको विषयलाई लिएर विभिन्न समाचार माध्यममा आएका समाचारका अनुसार परिक्षा निकैनै अमर्यादित र अव्यवहारिक ढंगले संचालन भैरहेको छ ।

    आज मात्रै भोलि हुने भनिएको भौतिक विज्ञान अर्थात फिजिक्स विषयको प्रश्नपत्र परिक्षा अगावै सार्वजनिक भएको हल्ला बिद्यार्थीमाझ फैलिएको छ । यसले बिद्यार्थी र अभिभावकमा अस्वभाविक अन्योलता सिर्जना गराएको छ । यथार्थ कुरो के हो भन्नेकुराको जानकारी भोलि आउने नै छ । उक्त समाचार को आधिकारिक खण्डन कुनै शैक्षिक निकायले यो समाचार प्रकाशित हुने समयसम्म गरेको छैन ।

    127623923_784343238963412_5443389378771184096_n.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ