शनिबार, जेठ ५ गते २०८१

प्रधानमन्त्री ओलीको ड्रिम प्रोजेक्ट : पुसदेखि सुरुङ खनिँदै

प्रधानमन्त्री ओलीको ड्रिम प्रोजेक्ट : पुसदेखि सुरुङ खनिँदै

अखबार दैनिक
बुधबार, मंसिर १० २०७७
  • प्रधानमन्त्री ओलीको ड्रिम प्रोजेक्ट : पुसदेखि सुरुङ खनिँदै

    मंसिर १०,

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको मुलुककै पहिलो आधुनिक उक्त सुरुङमार्ग निर्माणका लागि अहिले आवश्यक जनशक्ति र उपकरण पूरा भइसकेकाले अब आयोजनाको काम बिनाअवरोध अगाडि बढ्ने र निर्धारित समयमै काम सम्पन्न हुने लक्ष्य लिइएको जनाइएको छ ।

    आयोजना प्रमुख नरेशमान शाक्यले भन्नुभयो, “सुरुङमार्ग खन्न आवश्यक तयारी अन्तिम चरणमा छ । पुस पहिलो सातादेखि आयोजनाको सुरुङ खन्ने काम सुरु गरिनेछ ।” मङ्सिर पहिलो हप्तादेखि नै सुरुङ खनिने लक्ष्य रहे पनि कोभिड–१९ का कारण पूरा हुन नसकेको उहाँले स्पष्ट गर्नुभयो । सुरुङमार्गको मुखमा राखिने स्टिलको फ्रेम अहिले निर्माण भइरहेको बताउँदै आयोजना प्रमुख शाक्यले भन्नुभयो, “सुरुङ खन्न अब कुनै तयारी बाँकी छैन । फ्रेम निर्माण गरिरहेको बुटबलस्थित कम्पनीका कामदारमा कोभिड–१९ को सङ्क्रमण देखिँदा कम्पनी केही समय बन्द भएकाले समयमा फ्रेम निर्माण हुन सकेन । पहिलो फ्रेम हाल्नुपर्छ, फ्रेम हालेको ८र१० दिनपछि सुरुङ खन्ने काम सुरु हुन्छ ।’’

    प्रधानमन्त्री ओलीले गएको कात्तिक ४ गते उक्त सुरुङमार्ग शिलान्यास गर्नुभएको थियो । आयोजना प्रमुख शाक्यका अनुसार अहिले कार्यस्थलमा २० जना जापानी प्राविधिकसहित दुई सयभन्दा बढी जनशक्ति काममा खटिइरहेका छन् । जापानबाट थप १५ जना प्राविधिक आउने तयारीमा छन् ।

    सुरुङमार्ग निर्माण गर्न नौ सय टन विस्फोटक पदार्थ आवश्यक रहेकोमा निर्माण स्थलको भण्डारण क्षमताअनुसार अहिले ६० टन आयात गरिएको छ । भण्डारण गरिएको सकिनेबित्तिकै पुनः आयात गरिनेछ । नौ सय टनमध्ये तीन सय टन भारतबाट आयातका लागि नेपाली सेनाले यसअघि नै आयोजनालाई अनुमति दिइसकेको छ ।

    दुवैतिरको मुख निर्माण भइसकेपछि भित्र छिरेर दैनिक विस्फोट गराइने बताउँदै उहाँले अबको एक वर्षभित्र दुवैतिरबाट वारपार गर्न मिल्ने गरी प्रस्तावित सुरुङको प्वाल खोलिने जानकारी दिनुभयो । करिब २.७ किलोमिटर लम्बाइको सुरुङमार्गको चौडाइ करिब १२ मिटर र उचाइ आठ मिटर हुनेछ । राजमार्ग अवरोध नहुने गरी काम अगाडि बढाइएको छ । राजमार्गको ठीक पाँच मिटरमुनि सुरुङमार्ग निर्माण भइरहेको छ ।

    मुलुककै चासोको विषय रहेको सो सुरुङमार्ग निर्माण निर्धारित समयमै सकिने गरी कामलाई तीव्रता दिइएको बताउँदै उहाँले हरेक दिन चारवटा विस्फोट गराइने जानकारी दिनुभयो । “निर्माणका क्रममा ‘होल’ खनिन्छ र विस्फोट गराइन्छ । यो क्रम दैनिक चार पटकसम्म गरिन्छ”, उहाँले भन्नुभयो, “निर्माणलाई निरन्तरता दिन अब कुनै बाधा अवरोध छैन । सुरुङमार्गको निर्माण अब ‘नन स्टप’ अगाडि बढ्छ ।”

    निर्माणाधीन सुरुङमार्ग क्षेत्रमा परेको सिस्नेखोलालाई अहिले व्यवस्थापन गर्ने काम भइरहेको छ । आठ इन्च वृत्ताकार नाला बनाएर स्थायी रूपमा खोला व्यवस्थापन गर्ने काम भइरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार