शुक्रबार, असोज ४ गते २०८१

बालुवाटार छिर्न देउवालाई ओलीको तीन कल फोन !

बालुवाटार छिर्न देउवालाई ओलीको तीन कल फोन !

अखबार दैनिक
बुधबार, मंसिर १० २०७७
  • बालुवाटार छिर्न देउवालाई ओलीको तीन कल फोन !

    मंसिर १०,

    images

    कांग्रेस नेताहरुले सभापति देउवालाई पटकपटक भन्दै आएका थिए, ‘संकट पर्दा उनले कहिले प्रधानन्यायाधीश त कहिले अख्तियार प्रमुखलाई रातारात बोलाएर मिडियाबाजी गराउँछन् । कहिले राष्ट्रपति प्रयोग गर्छन् । अब पनि आफ्नो झगडामा हामीलाई मुछ्ने दाउ हुनसक्छ । त्यसैले प्रधानमन्त्रीले बोलाए भन्दैमा भेट्न नजानुस् । पार्टीले उनलाई सहयोग गर्ने भनेको छैन । बरु पाँच वर्षसम्म सरकारमा नजाने निर्णय छ ।’

    यही कारण शनिबार प्रधानमन्त्रीले बोलाउँदा देउवाले ‘हैन म आउँदिन’ त भन्नुभयो । तर, ‘आउनु न आउनु, अलिक जरुरी पर्यो’ भन्दै तीनचोटी कर गरेपछि आफू गएको देउवाले केही कांग्रेस नेतालाई बुढानिलकण्ठमै बोलाएर सुनाएका छन् ।

    देउवाको ब्रिफिङअनुसार प्रधानमन्त्री ओलीले संसदीय दल विभाजन गर्ने प्रयासमा असफल भएको निश्कर्ष निकालिसकेका छन् ।

    यो खबर आजको जनआस्था साप्ताहिकले छापेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ