सोमबार, भदौ ३१ गते २०८१

सुनको मूल्य १८ सय रुपैयाले घट्यो, तोलाको कति ?

सुनको मूल्य १८ सय रुपैयाले घट्यो, तोलाको कति ?

अखबार दैनिक
मंगलबार, मंसिर ९ २०७७
  • सुनको मूल्य १८ सय रुपैयाले घट्यो, तोलाको कति ?

    मंसिर ९,

    images

    स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला रु एक हजार ८०० ले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको छ । सोमबार प्रतितोला रु ९४ हजार ३०० मा कारोबार भएको छापावाला सुन आज रु १८ सयले घटेको हो ।

    यस्तै तेजाबी सुन प्रतितोला रु ९२ हजारमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला रु ९३ हजार ८०० मा कारोबार भएको थियो ।

    यस्तै चाँदीको मूल्यसमेत ओरालो लागेको छ । सोमबार चाँदी प्रतितोला रु एक हजार २१० मा कारोबार भएकामा आज प्रतितोला रु ३० ले घटेर रु एक हजार १८० मा कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ