बिहीबार , कात्तिक १९ गते २०८३

मन्त्रिपरिषद् बैठकले मनोजकुमार केसीलाई आईजीपी बनाउने निर्णय

मन्त्रिपरिषद् बैठकले मनोजकुमार केसीलाई आईजीपी बनाउने निर्णय

अखबार दैनिक
बुधबार, कात्तिक १८ २०८३
  • मन्त्रिपरिषद् बैठकले मनोजकुमार केसीलाई आईजीपी बनाउने  निर्णय

    काठमाडौं १८ कात्तिक, सरकारले नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षक आईजीपी मा अतिरिक्त प्रहरी महानिरीक्षक एआईजी डा मनोजकुमार केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले एआईजी केसीलाई नेपाल प्रहरीको नेतृत्व सुम्पिने निर्णय गरेको हो।

    केसीले अब नेपाल प्रहरीको संगठनात्मक नेतृत्व सम्हाल्नेछन्। उनी यसअघि प्रहरीका विभिन्न महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरिसकेका अधिकारी हुन्।

    विशेषगरी नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा उनको भूमिका चर्चामा आएको थियो।

    मन्त्रिपरिषद्को निर्णयसँगै नेपाल प्रहरीको नेतृत्वमा परिवर्तन हुने भएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार