शुक्रबार, कात्तिक २० गते २०८३

इजरायल नेपालको सदैव हित चाहन्छः राजदूत बास

इजरायल नेपालको सदैव हित चाहन्छः राजदूत बास

अखबार दैनिक
बुधबार, कात्तिक १८ २०८३
  • इजरायल नेपालको सदैव हित चाहन्छः राजदूत बास

    कर्णाली, १८ कात्तिकः नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासले इजरायल सरकारले नेपालको हितमा काम गर्दै आएको बताउनुभएको छ ।    

    आज सुर्खेतमा स्थानीय पत्रकारहरुसँग कुरा गर्दै राजदूत बासले नेपाल र इजरायलबीच आठ दशक लामो ऐतिहासिक तथा कुटनीतिक सम्बन्ध रहेको चर्चा गर्नुभयो ।    
        
    उहाँले इजरायल सरकारले नेपालको कृषि, रोजगारी, अध्ययन र व्यापारको क्षेत्रमा सहयोग गर्दै आइरहेको बताउनुभयो ।    
        
    राजदूत बासले सिङ्गो कर्णाली प्रदेश प्रकृतिको अनुपम उपहार भएकाले इजरायल सरकार कर्णाली प्रदेशको विकासका लागि सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो ।    
        
    उहाँले नेपाल र इजरायलबीचको कूटनीतिक सम्बन्धबाट दुवै देशका नागरिकमा सहयोग र सद्भाव बढ्दै जानु सकारात्मक विषय भएको बताउँदै दुवै देशका समृद्धि र दिगो सम्बन्ध कायम हुनुमा पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गर्नुभयो ।   रासस  

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार