मंसिर ९,
म्याग्दीकी १८ वर्षीया सपना रोका बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया किशोरी सपना रोका बीबीसीको प्रभावशाली महिला बन्न सफल भएकी छन् ।
बीबीसीले मङ्गलवार सन् २०२० को १०० प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । सूचीमा फिनल्यान्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको नोबेल कोरोना भाइरस(कोभिड–१९) विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत छन् ।
सपनाले तीन दर्जनभन्दा बढी बेवारिसे शव जलाइसकेकी छन् । सपनाले बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत बन्दाबन्दीका बेला निःशुल्क खाना खुवाउँदै पनि आएकी छन् ।