बिहीबार , वैशाख २७ गते २०८१

चलचित्रमा फ्लप तर मिडियामा सधै हिट हिरोईन

चलचित्रमा फ्लप तर मिडियामा सधै हिट हिरोईन

अखबार दैनिक
मंगलबार, मंसिर ९ २०७७
  • चलचित्रमा फ्लप तर मिडियामा सधै हिट हिरोईन

    मंसिर ९,

    images

    चलचित्रको सफलतासँग कलाकारको सफलता पनि जोडिएको हुन्छ । तर चलचित्र असफलताले केहि नेपाली नायिकाहरुलाई भने खासै प्रभाव परेको छैन । चलचित्र असफल भए पनि दर्शक माझ उनिहरूको अभिनयको तारिफ हुनेगर्छ । एक पछि अर्को चलचित्रमा असफल हुन्छन् । तरपनि निर्देशकहरु चलचित्रमा लिनको लागि चर्को पारिश्रमिक दिन पनि तयार हुन्छन् तिनै ५ नायिकाबारे चर्चा गर्दैछौ ।

    निता ढुङ्गाना

    निता ढुङ्गानाले सन् २०११ मा आएको नेपाली चलचित्र ‘किशन’ बाट आफ्नो फिल्मी यात्रा शुरु गरेकी थिइन् । ‘म्सान’, ‘हाम्रो माया जुनी जुनीलाई’, ‘चाडै आऊ है’, ‘म बिर्सु कसरी’, ‘आई एम सरी’, ‘वार’, ‘नोटबुक’,’धुन’ लगायतका दर्जनौ चलचित्रमा बक्स अफिसमा सफल भएका छैनन् । तर उनले नेपालि चलचित्र मात्र नभई भोजपुरी, हिन्दि चलचित्रमा पनि अभिनय गरेकी छन् । नितालाई लक्की नायिका पनि भनिन्छ तर नितालाई एक पछि अर्को चलचित्रमा अफर आएकै हुन्छन ।Neeta-Dhungana-595x528.png

    शिल्पा पोखरेल

    पूर्ण राईको ‘हल्का हल्का’ बोलको म्युजिक भिडियोमाबाट मोडेलिङमा छिरिकी उनले सन् २०१५ मा आएको चलचित्र ‘लज्जा’ बाट नेपाली रजतपट डेब्यु गरेकी थिइन् । उनले ‘किस्मत २’, ‘वीराङना’,‘भिलेन’लगायतका दर्जनौ चलचित्रमा बक्स अफिसमा असफल भएका छन् भने उनी फिल्मीसंगै उनले दुई सय भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन । उनि कुनै न कुनै कामबाट खाली हुनुपरेको छैन ।T2ZdYv9T.jpg

    केकी अधिकारी

    नायिका केकी अधिकारीलाई भर्सटाइल अभिनेत्रीको रुपमा हेरिन्छ । उनले हरेक प्रकारको अभिनय गर्न सकिन्छ । तर विडम्बना बक्सअफिसमा उनका चलचित्र त्यति सफल छैनन् ।गतबर्ष रिलिज भएको चलचित्र ‘छ माया छपक्कै’ सहित नायिका केकीले २५ चलचित्रमा काम गरिन् सकेके छन् । यसबिचमा ‘छ माया छपक्कै’ उनको पहिलो सुपरहिट चलचित्र मानिएको छ तर यसमा पनि ‘छक्का पन्जाको टिमको’ नाम जोडेका छन् । तर पनि उनको चर्चा परिचर्चा रहेको छ भने केकीको डिमाण्ड बढिरहेको देखिन्छ । केकी आफूलाई लक्की नायिका मान्छिन् किनभने आफ्नो २४ चलचित्र फ्लप भएपनि आफु कहिल्यै फ्लप भइनन् । उनको हातमा एक पछि अर्को अफर आएका हुन्छ । त्यसैले उनलाई फ्लप फिल्मको हिट नायिका मानिन्छ ।keki-adhikari.jpg

    श्रृष्टी श्रेष्ठ

    युवा पुस्ताले निकै रुचाएकी नायिका हुन् श्रृष्टी श्रेष्ठ । श्रृष्टीले सन् २०१२‎ की ‘मिस नेपाल बनेपछि उनी पुरै मोडेलिङमा छिरेकी थिइन् । सन् २०१६ मा आएको ‘गाजलु’ अनमोल केसीसंग उनले आफ्नो फिल्मी यात्रा सुरु गरेकी हुन् भने चलचित्र सुपरहिट भएको थियो । श्रृष्टीको अभिनय र सुन्दरताको निकै चर्चा चलेको थियो । ‘बाँध मायाले, ‘पोइप¥यो काले’, ‘माछा माछा’ गरि लगभाग ५ देखि ६ वटामा देखिएकी छन् तर सुपरहिट चलचित्र ‘गाजलु’ मात्र भएको छ । चलचित्र असफल भएपनि उनको हातमा फिल्म भने खाली भएको छैन् ।shristi-shrestha-imagae.jpg

    ऋचा शर्मा

    ऋचा शर्माको अभिनयको तारिफ हुनेगर्छ । तर, उनका चलचित्र हलमा लाग्छन तब दर्शक तान्न नसक्ने नायिकाको रुपमा चिनिन्छन । चलचित्र ‘सुनकेशरी’ बाट उनले राम्रो अपेक्षा राखेकी थिइन् तर उक्त चलचित्र पनि बक्स अफिसमा असफल भएको छ । उनले, अभिनय गरेको चलचित्र ‘आधा लभ’ यो बर्ष रिलिज भयो । यो चलचित्रमा निर्मति पनि उनी आफै थिइन् । तर, चलचित्र नराम्रोसँग चिप्लियो । यस्तै, उनी चलचित्र ‘फिर्के’ र ‘घर’ विशेष भूमिकामा देखिइन् । ऋचालाई देखाएर हलमा दर्शक तान्ने सोच बोकेका निर्माता सुलेमान शंकर पनि निराश बने ।reecha_sharma_eAJHAVavmg.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ