बिहीबार , वैशाख २७ गते २०८१

‘भाँडाकुटी’ खेल्न मुकुन र बेनिसा लिएर रुपन्देही लागे किरण

‘भाँडाकुटी’ खेल्न मुकुन र बेनिसा लिएर रुपन्देही लागे किरण

अखबार दैनिक
सोमबार, मंसिर ८ २०७७
  • ‘भाँडाकुटी’ खेल्न मुकुन र बेनिसा लिएर रुपन्देही लागे किरण

    मंसिर ८,

    images

    किरण विकको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र 'भाँडाकुटी' को टिम रुपन्देही पुगेको छ । चलचित्र छायांकनको लागी रुपन्देहीका शहरी तथा ग्रामीण क्षेत्रहरुमा सेटको तयारी गरेको फिल्म यूनिटले जानकारी गराएको छ ।

    दृश्यालय सिनेमा प्रा.लिद्वारा निर्माण हुनलागेको फिल्म कमेडी र सामाजिक यथार्थमा केन्द्रित रहने एसोसियट डिरेक्टर आचार्य गोपालले जानकारी दिए । उनका अनुसार फिल्म भाँडाकुटीको मुख्य विषय दलित प्रेमकथा भए पनि अरु सहायक कथा पनि जोडिदै दर्शकलाई समाजिक धारातलामा उभ्याउनेछ ।

    अस्ट्रेलिया बसोबास गर्दै आएका कलम खड्काले निर्माण गर्ने उक्त चलचित्रको आइतबार बुटवलमा एक समारोहका बीच औपचारिक घोषणा गरिएको छ ।

    127005634_4215042071848185_7891443272401252614_o.jpg

    चलचित्र पत्रकार संघ , रुपन्देहीको आयोजनामा भएको घोषणा तथा पत्रकार भेटघाट समारोहमा निर्देशक बिकले युवाहरुको समूहले सामाजिक परिवेशमा आधारित चलचित्र बनाउन लागेको बताउँदै उत्कृष्ट बन्नेमा विश्वास रहेको जानकारी गराए । सो अवसरमा नायक मुकुन भुषाल र नायिका बेनिशा हमालले पुरानो परम्परा र सोँचलाई नयाँ पुस्ताले चलचित्रमार्फत प्रस्तुत गरिने कथा अनुसार बन्न लागेको बताउँदै आफूहरुले उत्कृष्ट प्रस्तती दिने बताए । सोही अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै, नायक मुकुन भुषाल र नायिका बेनिशा हमालले पुरानो परम्परा र सोचलाई नयाँ पुस्ताले चलचित्रमार्फत प्रस्तुत गरिने कथा अनुसार बन्न लागेको बताउँदै आफूहरु उत्साहित भएको बताए ।

    फिल्मको कथा किरण विक र गोपाल आचार्यले सहकार्यमा लेखेका हुन् । दुवै ओस्कार फिल्म कलेजका पूर्व विद्यार्थी हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ