बिहीबार , कात्तिक १९ गते २०८३

‘आँखामा बसेको मान्छे’ : बाढीपछिको पीडामा नयाँ गीत

‘आँखामा बसेको मान्छे’ : बाढीपछिको पीडामा नयाँ गीत

अखबार दैनिक
सोमबार, कात्तिक १६ २०८३
  • ‘आँखामा बसेको मान्छे’ : बाढीपछिको पीडामा नयाँ गीत

    काठमाडौँ, १६ कात्तिक :    
    ‘आँखाको बसेको मान्छे आँशु बनेर झर्यो    
    बुझ्नै मान्दैन यो मन, नगर्नु मायाले गर्यो...’    
    गत भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढीले निम्त्याएको पीडा, बिछोड र उजाडिएका सपनाहरू अब गीत बनेर गुञ्जिन थालेका छन् । बाढीपछि पीडितहरूको दुःख नजिकबाट देखेका केदार खतिवडाले त्यही पीडालाई ‘आँखामा बसेको मान्छे’ को बोलमा शब्दमा उतारेपछि संवेदनशील विषयका गजल गायकका रुपमा लोकप्रिय गायक थानेश्वर गौतमको स्वरमा नयाँ गीत बजारमा आएको छ ।    
        
    बाढीले कसैको प्रियजन खोस्यो, कसैको घरबार उजाड्यो त कसैको जीवनभरसँगै रहने सपना एकैछिनमा बगायो । आँखै अगाडि आफ्ना मान्छे र सपनाहरू गुमाउनु पर्दाको पीडा कति असह्य हुन्छ भन्ने अनुभूति बोकेको यो गीतले प्राकृतिक विपत्तिले मानिसको मनमा छाडेको गहिरो घाउलाई प्रेम र बिछोडका विम्बमार्फत व्यक्त गरेको छ । यो गीत सुफि शैलीमा गाइएको छ ।    
        
    गीतकार खतिवडा बाढीबाट प्रभावित नुवाकोटको बेलकोटगढी नगरपालिकाका स्थायी बासिन्दा तथा किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।    
        
    “बाढीपछि उद्धार तथा राहतका काममा खटिएका विपत्तिमा परेका मानिसहरूको पीडा नजिकबाट जे देखँे, सुनँे र महसुस गरँे । त्यही अनुभूति शब्दमा पोखेको हुँ ।”, गीतकार खतिवडाले भन्नुभयो ।    
        
    गायक गौतमका ‘रात किन हुन्छ हजुर दिन किन हुन्छ’, ‘नाकमा फुली, एम मेरी ठुली’, लगायत करिब ५०० गीतमा आवाज दिइसक्नुभएको छ । उहाँका गीतहरु विभिन्न चलचित्रमा प्रयोग भएका छन् ।  रासस  

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार