आइतबार, जेठ ६ गते २०८१

सेयर बजारमा नयाँ रेकर्ड, एकैदिन झन्डै सात अर्बको कारोबार

सेयर बजारमा नयाँ रेकर्ड, एकैदिन झन्डै सात अर्बको कारोबार

अखबार दैनिक
सोमबार, मंसिर ८ २०७७
  • सेयर बजारमा नयाँ रेकर्ड, एकैदिन झन्डै सात अर्बको कारोबार

    मंसिर ८,

    images

    पछिल्ला दिन निरन्तर उकालो लागिरहेको सेयर बजाले दिनदिनै नयाँ रेकर्ड कायम गरेको छ । आइतबार सेयर बजारमा अहिलेसम्मकै सर्वाधिक झन्डै सात अर्बको कारोबार भएको छ । नेप्से परिसूचक आइतबार ४.६९ अंकले बढेर १७८२.८१ विन्दुमा पुगेको छ । २०१ कम्पनीको ६ अर्ब ९० करोड ६७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड ६० लाख भन्दा बढी कित्ता सेयर खरिदबिक्री भएका छन् ।

    सेयर बजारमा आइतबार देखिएको अर्को उत्साहजनक संकेत भनेको नेप्से सूचकले १८ सय विन्दु छोएको छ । आइतबार १८ सय विन्दुको मनोवैज्ञानिक रेखालाई पनि पार गरेर फर्किएकोले बजार परिपक्क रुपमा अघि बढेको विश्‍वास लगानीकर्ताले गरेका छन् । नेप्सेको यसअघिको अधिकतम विन्दु १८८१ हो ।

    गत बिहीबार नेप्से परिसूचक ३६.३२ अंकले बढेर १७७८.१२ विन्दुमा पुगेको थियो । कूल १९८ कम्पनीको एक करोड ४०लाख ६२ हजार ५०७ कित्ता शेयर छ अर्ब ११करोड ६७लाख ३० हजार ७१ मूल्यमा खरिद बिक्री भएका थिए । त्यो कारोबार रकमले आइतबार थप उचाइ लिएको छ ।

    नेप्से सूचकमा निरन्तर वृद्धिसँगै कारोबार रकमले समेत नयाँ उचाइ हासिल गर्दै गएकोले लगानीकर्ताले सेयर बजार अब बुलिस बाटोतिर उन्मुख भएको विश्‍वास गर्न थालेका छन् । गत साउनको पहिलो हप्ता नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले प्रदान गरेको सहुलियत र राहतले लगानीकर्ता उत्साहित भएका छन् । त्यसपछि नै सेयर बजारमा सुधारको क्रम सुरु भएको थियो। पुँजी बजारप्रति अनुदार देखिएको तत्कालीन अर्थमन्‍त्री युवराज खतिवडाको बहिर्गमन र नयाँ अर्थमन्‍त्री विष्णु पौडेलको नियुक्तिपछि सेयर बजारमा बेग्लै माहोल सुरु भएको हो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार