शुक्रबार, कात्तिक २० गते २०८३

चीनमा शृखङ्ला खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

चीनमा शृखङ्ला खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

अखबार दैनिक
सोमबार, कात्तिक १६ २०८३
  • चीनमा शृखङ्ला खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

    काठमाडौँ, १६ कात्तिकः चीनमा हुने ‘बेल्ट एन्ड रोड यु–१९ सिरिज’ मा सहभागी हुन जाने नेपाली महिला क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)द्वारा आज यहाँ आयोजित कार्यक्रममा उक्त टोलीलाई बिदाइ गरेको हो ।    
        
    त्यस अवसरमा क्यानका उपाध्यक्ष रोशन सिंहले आगामी वर्ष हुने आइसिसी यु–१९ महिला विश्वकपको तयारीस्वरूप नेपाली टोलीले चीनमा सिरिज खेल्न लागेको जानकारी दिनुभयो । खेलाडीले पर्याप्त अभ्यासको अवसर पाएकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै उहाँले खेलाडीलाई परिपक्व खेल प्रदर्शन गर्न सुझाव दिनुभयो ।    
        
    टोलीका मुख्य प्रशिक्षक महेशप्रसाद रिजालले चीन भ्रमण खेलाडीका कमजोरी सुधार्ने र अनुभव हासिल गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो । उक्त सिरिजले टोलीको समग्र क्षमता मूल्याङ्कन गर्दै आगामी प्रतियोगिताका लागि बलियो टोली निर्माण गर्न पनि सहयोग पुग्ने उहाँको भनाइ थियो ।    
        
    टोलीकी कप्तान सोनी पाख्रिनले उक्त प्रतियोगिताका लागि आफूहरू पूर्ण तयारी रहेकाले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।    
        
    क्यानका अनुसार ‘बेल्ट एन्ड रोड सिरिज’ भोलिदेखि यही कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालसहित आयोजक चीन, हङकङ र थाइल्याण्डको सहभागिता रहनेछ । नेपालले प्रतियोगितामा तीनवटै टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।रासस 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार