आइतबार, जेठ ६ गते २०८१

ओली–देउवाबिच भेटवार्ता, ओलीद्वारा पार्टी फुटेको खण्डमा मिलेर जानुपर्ने राय व्यक्त

ओली–देउवाबिच भेटवार्ता, ओलीद्वारा पार्टी फुटेको खण्डमा मिलेर जानुपर्ने राय व्यक्त

अखबार दैनिक
आइतबार, मंसिर ७ २०७७
  • ओली–देउवाबिच भेटवार्ता, ओलीद्वारा पार्टी फुटेको खण्डमा मिलेर जानुपर्ने राय व्यक्त

    मंसिर ७,

    images

    प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । शनिबार दिउँसो २ बजेपछि करिब तीन घन्टा प्रधानमन्त्री ओली र सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।

    रिक्त रहेका संवैधानिक आयोग र विश्वविद्यालयका पदाधिकारी नियुक्तिबारे छलफल गर्न प्रधानमन्त्री ओलीले सभापति देउवालाई बालुवाटार बोलाएका थिए । करिब डेढ घन्टासम्म संवैधानिक निकायमा नियुक्ति र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भए पनि नेताहरूले भेटलाई गोप्य राखेका छन् । आफूनिकट केन्द्रीय सदस्यहरूलाई लिएर बालुवाटार पुगेका देउवासँग प्रधानमन्त्री ओलीले बेग्लै छलफलसमेत गरेका थिए । पार्टी फुट्ने अवस्थामा पुग्यो भने आगामी दिनमा सहकार्य गरी अगाडि जानु पर्ने विषयमा पनि प्रधानमन्त्री र देउवाबीच कुराकानी भएको स्रोतले बतायो ।

    भेटमा ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायत सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार