शुक्रबार, असोज ४ गते २०८१

रातारात स्टार बनेकी रानु मण्डल पुरानै जीवनमा फर्कन बाध्य

रातारात स्टार बनेकी रानु मण्डल पुरानै जीवनमा फर्कन बाध्य

अखबार दैनिक
आइतबार, मंसिर ७ २०७७
  • रातारात स्टार बनेकी रानु मण्डल पुरानै जीवनमा फर्कन बाध्य

    मंसिर ७, एजेन्सी

    images

    पश्चिम बंगालको राणघाट स्टेशनमा लता मंगेशकरको गीत गाएर रातारात स्टार बनेकी थिइन् । उनको जीवनमा धेरै परिवर्तन आयो ।

    सडकबाट महलमा पुगेकी रानु मण्डलले गाएका हरेक गीत भाइरल भयो । तर अब लाग्छ, उनको अवाजलाई मानिसहरुलदे चिन्नै छाडेका छन् । सन् २०१९ नोबेमबरमा हिमेश रेशमियासँग रानुले तीन गीत रेकर्ड गराइन् । योसँगै चुलिएको रानुको चर्चा अब सेलाएको छ ।

    कोरोना महामारीको कारण उनले मुम्बईमा कुनै काम पाएकी छैन । जसको कारण उनी बिगतको जीवनमा जान बाध्य भइरहेको भारतीय मिडियाले जनाएको छ । गीत हिट भएसँगै आफ्नो पुरानो घर छोडेर नयाँ घरमा गएकी रानु फेरी पुरानै घरमा फर्केकी छन् । आर्थिक संकटमा परेकी उनी कामको खोजीमा भौतारिदै गरेको भारतीय मिडियाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ