आइतबार, असोज १८ गते २०८३

अर्थमन्त्री बिष्णु पौडेल आफ्नो बिग्रीएको छवी सुधार्दै, काम गर्ने मन्त्रीहरुको सुचिमा अगाडी

अर्थमन्त्री बिष्णु पौडेल आफ्नो बिग्रीएको छवी सुधार्दै, काम गर्ने मन्त्रीहरुको सुचिमा अगाडी

अखबार दैनिक
आइतबार, मंसिर ७ २०७७
  • अर्थमन्त्री बिष्णु पौडेल आफ्नो बिग्रीएको छवी सुधार्दै, काम गर्ने मन्त्रीहरुको सुचिमा अगाडी

    मंसिर ७,

    कुनै बेला यस्तो पनि थियो कि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टी नेकपाका नेता गोकुल बास्कोटालाई आफ्नो छोरा जस्तै गरी राखेका थिए । आफ्नो निजि निवास बालकोटमा छोरा सरह सेवा सुविधा सुम्पेका ओलीले गोकुललाई काँखी च्याँपे । काभ्रेको एक कार्यक्रममा ओलीले गोकुलका बारेमा यति सम्म भन्न भ्याए कि सरकारको विरोध गर्नुपर्यो भने गोकुल जी भए पुग्छ । गोकुल देखेपछि सरकारको विरोध गर्न छाड्छन् भन्ने सम्मको अभिव्यक्ति दिएका थिए । अझ उनले थपेका थिए, ‘आज देशमा राजनीतिक तुलो राख्ने हो भने तुलाको एकातिर गोकुल बाँस्कोटा र अर्कातिर अरु सबै जस्तो देखिएको छ ।’ ओलीबाट यतिसम्म प्रशंसा पाएका बास्कोटाले त्यतिबेला सुचना तथा सञ्चार मन्त्री र सरकारका तत्कालीन प्रवक्ता समेत थिए ।

    तर, के भयो कुन्नी प्रधानमन्त्री र बास्कोटाबीच चिसोपन आउन थाल्यो । नभन्दै एकाएक गोकुल बास्कोटाको ७० करोड घुस मागेको अडियो रेकर्ड सार्वजनिक भएसँगै उनको मन्त्री पद गुम्यो । बास्कोटाले आफ्नो राजनीतिक छबि कमजोर पारे । त्यतिमात्र होइन्, आफ्नै छोरोसरह मानेका प्रधानमन्त्री ओलीको चित्त दुखाए । बास्कोटाले आफ्नै सरकारका प्रधानमन्त्री ओलीलाई बिच्काए ।

    स्रोतका अनुसार, ७० करोड भष्ट्रचारको मुद्धा अझै पनि बिचाराधीन छ । प्रक्रिया टुंगिएको छैन् । उक्त काण्डपछि प्रधानमन्त्रीका विश्वास पात्र गुनमान जस्तै बने । तर, बेला बेला सरकार पक्षमा अभिव्यक्ति दिइरहेका हुन्छन् । चाहे त्यो एमसीसी प्रकरणमा होस् वा अहिले पार्टी विभाजनको संघारमा पुगेका बेला नै किन नहोस् । बास्कोटा अझै पनि ओलीकै आडभरोसामै छन् । तर, ओली भने बास्कोटाबाट नराम्रोसँग तर्सिएका छन् । यद्यपी, अझै पनि ओलीले उनीसँगको साथ च्वाट्टै टुटाउन भने सकिरहेका छैनन् ।

    यता, बास्कोटाबाट दुखेको ओलीको मन नेकपा पार्टी महासचिव बिष्णु पौडेलले केही हदसम्म मल्हम लगाउन खोजेका छन् । गोकुल बास्कोटा पछि ओलीका अर्का विश्वासपात्र बनेका छन् पौडेल । बालुवाटार जग्गा प्रकरणमा पनि ओलीको दरो साथ पाएर कानुनी दण्डबाट उम्केका पौडेल निकै भाग्यमानी नेताका रुपमा चिनिन्छन् । पहिलो पटक केपी शर्मा ओली प्रधानमन्त्री बन्दा पौडेल अर्थमन्त्री बने । अहिले दोस्रो पटक सरकारको नेतृत्वमा ओली हुँदा पनि राज्यको ढुकुटीको तालाचाबी पौडेललाई नै सुम्पेका छन् ओलीले । डा. युवराज खतिवडा अमेरिकी राजदूतमा नियुक्त भएसँगै अर्थ मन्त्रालयको जिम्मेवारी पाएका पौडेल पार्टीका समेत महासचिव हुन् । पौडेलको भूमिका पार्टी सञ्चालनमा पनि उत्तिकै छ । स्थायी कमिटी बैठक डाक्ने देखि अन्य महत्वपूर्ण निर्णय पार्टी महासचिवले नै गर्नुपर्ने व्यवस्था छ ।

    अहिले पौडेलले नै ओलीको मन जितेका छन् । प्रधानमन्त्री ओली पनि पौडेलको कार्यसम्पादन प्रति सन्तुष्ट नै छन् । यदि उनको कार्यशैली प्रति ओली रुष्ट हुन्थे भने दोहोयाएर राज्यको ढुकुटीको तालाचाबी सुम्पने थिएनन् । उनीभन्दा योग्य अर्थमन्त्रीको उम्मेद्वार अरु पनि नआएका होईनन् । तर, ओलीले पौडेललाई नै रोजेँ ।

    अर्थ मन्त्रालयमा आएपछिका उनका केही निर्णयले खतिवडाको अलोकप्रिय नीतिबाट बाटो मोडेर लोकप्रियतावादी नीति अख्तियार गर्न खोजिएको देखिन्छ । उनले अर्थ मन्त्रालय सम्हालेपछि केही महत्वपूर्ण साधारण निर्णय गरेका छन् । पहिलो त उनले स्वास्थ्य मन्त्रालयसँग तीन सयभन्दा बढी स्थानीय तहमा अस्पताल बनाउन एकै दिन शिलान्यास गर्ने काममा सहजीकरण गरे । दोस्रो निकै विवादमा आएको कोरोना बिमा भुक्तानीका लागि अटेर गरिरहेका बिमा कम्पनीलाई तत्काल दाबी गर्ने सबैको बिमा रकम भुक्तानी गर्न दबाब दिए । पछिल्लोपटक निकै ओलोचित बनेको पुस्तक आयातमा लगाइएको कर हटाउने निर्णय उनले गरे । संसद्ले पारित गरेको करका दरसम्बन्धी प्रस्ताव यसरी मन्त्रीको पहलमा हटाउनु संसदीय मर्मविपरीत हुन्छ भन्ने सैद्धान्तिक मान्यतालाई छाड्ने हो भने यो निर्णयबाट पुस्तक व्यापारी र पाठक खुसी भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ