आइतबार, असार २३ गते २०८२

एनआरएनएमा चुनावी सरगर्मी शुरु, अध्यक्षमा पन्त र आचार्यको प्रतिस्पर्धा

एनआरएनएमा चुनावी सरगर्मी शुरु, अध्यक्षमा पन्त र आचार्यको प्रतिस्पर्धा

अखबार दैनिक
शुक्रबार, भदौ १३ २०७६
  • काठमाडौं(जस)–गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौ विश्व सम्मेलनको मिति नजिकिदै गर्दा नयाँ नेतृत्वको सरगर्मी तीव्र रुपमा बढेको छ । विश्व सम्मेलन तथा महाधिबेशन आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंको होटेल हायातमा हुने निश्चित भएसँगै एनआरएनए आइसीसीमा नेतृत्वका लागि आ–आफ्नो उम्मेदवारी सार्बजनिक गर्न थालिएको हो । आठौं विश्व सम्मेलनले अध्यक्षमा भवन भट्टको समूहलाई निर्वाचित गरेको थियो । अहिले भट्ट कार्यकालको अन्तिम समयमा छन् । अहिले विभिन्न देशमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्ले अधिबेशन गर्दै नयाँ नेतृत्व चुनिरहेको छ । एनआरएनए एनसीसीमा सबैभन्दा पहिला एनआरएनए अमेरिकाले निर्वाचन गरेर नयाँ नेतृत्व छानेको थियो । यसैक्रममा एनसीसी निर्वाचन सकिन नपाउँदै आइसीसीको नेतृत्वका लागि आकांक्षीहरुले आ–आफ्नो दावेदारी प्रस्तुत गर्न थालेका छन् । अहिले दैनिकरुपमा उम्मेदवारी सार्वजनिक गर्ने क्रम बढेको छ । आगामी कार्यकालका लागि नयाँ नेतृत्व लिन हङकङमा भएको एनआरएनए एशिया प्याशिफिक क्षेत्रीय भेला, अस्ट्रेलियामा सम्पन्न ओसेनिया क्षेत्रिय भेला, म्यानमारमा सम्पन्न एनआरएनए एशिया प्याशिफिक क्षेत्रीय भेला , युरोपको ईटालीमा सम्पन्न युरोप क्षेत्रीय भेलादेखि विभिन्न एनआरएनए एनसीसीको अधिबेशनहरुमा भित्रभित्रै माहौल सुरु भएको थियोे । यी भेला सम्पन्न भएसँगै अहिले स्पष्टरुपमा आकांक्षीहरुको बाढी नै लाग्न थालेको छ । एनआरएनएको राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा माहौल बढेसँगै अहिले एनआरएनए नेतृत्वका लागि दावेदारी दिनेहरु बढिरहेका छन । एनआरएनएको माहौल बढेसँगै अघिल्लो कार्यकालमै अध्यक्षका दावेदार रहेका वर्तमान उपाध्यक्ष कुमार पन्त र अर्का उपाध्यक्ष कुल आचार्यले आफु सर्वसम्मत अध्यक्षको हकदार भएको बताउँदै दुबैले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । बर्तमान अध्यक्ष भबन भट्टले आफुले शुरु गरेका कार्यहरु बाँकी रहेका भन्दै अझै एक कार्यकाल अध्यक्ष दोहोर्याउने आन्तरिक तयारी रहेको बताइए पनि आफू दोश्रो कार्यकालमा उम्मेदवार नहुने घोषणा गरेसँगै नेतृत्वका लागि नयाँ समीकरण बन्ने देखिएको छ । बर्तमान अध्यक्ष भट्ट आफु अब एक कार्यकाल अध्यक्ष बन्ने सोचाईमा रहेकोे भनिएपनि भट्टले एकाएक अब अर्को कार्यकालमा उम्मेदवार नबन्ने घोषणा गरेर नेतृत्वमा आउन चाहनेहरुका लागि मार्गप्रशस्त गरेका थिए । भट्टले मार्गप्रशस्त गरसँगै अबको नेतृत्वको दाबेदारी उपाध्यक्षको पोल्टामा गएको छ । अब बल दुई उपाध्यक्ष पन्त र आचार्यको कोर्टमा रहेको छ । दुई उपाध्यक्षमा कस्ले गोल गर्छन । त्यो हेर्नलाइ आईसीसी अधिबेशनसम्म कुर्नुपर्नेछ । यता दोश्रो कार्यकाल उपाध्यक्ष बनिसकेका पन्तले आफुले उल्लेख्य कार्य गरेर आम एनआरएन र नेपालीहरुको मन जितेको बताउँदै अबको नेतृत्व आफ्नो हुनुपर्ने दाबी गरिरहेका छन । पन्तले आफुले एक कार्यकाल उपाध्यक्ष दोहोर्याईसकेकाले अबको अध्यक्षको निर्बिकल्प उम्मेदवार आफू भएको बताए । उनले बिगतमा जस्तै साथीहरूको साथ र सहयोगको आशा र अपेक्षा गरेको बताए । संघको अर्का उपाध्यक्ष कुल आचार्यले आफू प्रष्ट रुपमा नै अध्यक्षको लागि प्रतिस्पर्धी रहेको बताइसकेका छन् । उनले भने ‘मैले लामो समय संघको लागि काम गरेको छु, कुनै स्वार्थ राखेको छैन । बेलायतको कार्यसमितिदेखि अध्यक्ष हुँदै युरोप क्षेत्रको संयोजक र संघको उपाध्यक्षसमेत भएकोले अबको गन्तव्य अध्यक्ष नै भएको आचार्यको दाबी छ । ‘अब यो पटक संघको अध्यक्षको लागि प्रतिस्पर्धा गर्दैछु । हिजोको दिनमा जस्तै सबै साथीहरूको साथ र सहयोगको आशा र अपेक्षा गरेको छु’, आचार्यले भने । अब जे सुकै भए पनि, कुनै मन बिचलित हुँदैन, अन्तिममा सम्ंझौता पनि हुँदैन र मैदानबाट हट्दिन,’ आचार्यले भने । भट्टकै नेतृत्वमा रहेका पन्त र आचार्यको कार्यकालमा शंखमुल पार्कको निर्माण सम्पन्नदेखि एनआरएनए भबन निर्माण सम्पन्न र लाप्राक बस्ती निर्माण सम्पन्न जस्ता ठूला काम समपन्न भएकाले दुवैले आ–आफ्नो उपाध्यक्षको कार्यकाल सफल भएको दाबी गरिरहेका छन् । अबको नेतृत्व कस्को हातमा जाने निर्णय भने एनआरएनएका पुर्ब अध्यक्षहरु र संस्थापकहरुको हातमै रहेको देखिन्छ । उनीहरुले दुई अध्यक्षका उम्मेदवार मध्ये कसलाई समर्थन र सहयोग गर्छन त्यही उम्मेदवारको पल्ला भारी हुने देखिन्छ । यता एनआरएनएको चुनाव नजिकिदै गर्दा अन्य पदमा ईच्छुक उम्मेदवारहरु पनि आन्तरिक तयारीमा जुटेका छन् । यसपटक उपाध्यक्षको संख्या बढाए सँगै उपाध्यक्षमा धेरैले दावी गरिरहेका छन । यसपटक उपाध्यक्षमा बर्तमान उपाध्यक्ष सपिला राजभण्डारी, महासचिब बद्री केसी, कोषाध्यक्ष हिक्मत थापा , सस्थापक कोषध्यक्ष प्रकाश पुन, ओशेनिया संयोजक धर्मराज अधिकारी, एशिया संयोजक किरण थापा, अमेरिकाका पुर्व क्षेत्रीय संयोजक सोनाम लामा, एनआरएनए बेलायतका पुर्ब उपाध्यक्ष थर्क प्रेम सेन, एनआरएनए अमेरिकाकी पुर्ब उपाध्यक्ष रबिना थापालगायतले उम्मेदवारी घोषणा गरिसकेका छन । यस्तै महासचिबमा बर्तमान सचिब डीबी क्षेत्री, बर्तमान सचिब जानकी गुरुङ , एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष डा केशव पौडेल र एनआरएनएका पूर्व प्रवक्ता हेमराज शर्माले उम्मेदवारि घोषणा गरिसकेका छन । सचिबमा एनआरएनए युरोप संयोजक शिव बरुवाल, एनआरएन अमेरिकाका क्षेत्रीय संयोजक गौरीराज जोशी र एनआरएनए मध्यपूर्व संयोजक आरके शर्मालगायले उम्मेदवारी दिने जनाएका छन् । कोषाध्यक्षमा एनआरएनए आइसिसी सदस्य महेश श्रेष्ठ र बर्तमान सहकोषाध्यक्ष सोम सापकोटाले उम्मेदवारि घोषणा गरिसकेका छन । यसैगरी सहकोषाध्यक्षमा एनआरएनए बेल्जियमका अध्यक्ष लोकप्रसाद दाहाल र एनआरएनए अमेरिकाका पूर्व सहसंयोजक एसी शेर्पाले उम्मेदवारी घोषणा गरेका छन् । यसरी एनआरएनको नयाँ नेतृत्वको चहलपहल बढिरहँदा काम गर्न सक्ने सक्षम नेतृत्व छनौट गर्न आवश्यक छ नत्र भोलि पछुताउनु पर्नेछ । संस्थामा रहेर काम गर्न सक्ने र समय दिन सक्ने नेतृत्व छान्नु नै अहिलेको बुद्धिमानी हुन्छ । अहिले एनआरएनको कोठे बैठकदेखी भेला र सम्मेलनमा आगामी नेतृत्वकै बारेमा चर्चा हुने गरेको छ । अहिले एनआरएनले नेपालबाहिर ८१ देशमा आफ्नो संस्था बिस्तार गरिसकेकोले यसको नेतृत्वको महत्व झनै बढेको छ । एनआरएनए एनसीसीका विभिन्न अधिबेशन पनि आगामी अक्टोबरमा काठमाडौंमा आयोजना हुने एनआरएनए विश्व सम्मेलन तथा नयाँ नेतृत्व चयन गर्ने कार्यक्रमका लागि आगामी कार्यकालमा नेतृत्वमा आउन चाहनेहरुका लागि प्रचार प्रसार तथा सम्बन्ध बिस्तारका लागि महत्वपूर्ण स्थान मानिएको छ । एनआरएनएको आगामी नेतृत्वको लागि दुई अध्यक्षका उम्मेदवार आ(आफ्नो समूह बनाएर निर्वाचनमा उत्रदैछ्न । ऊनीहरुलाई एनआरएनएको नयाँ बनेको बिधानले समस्या उत्पन्न गरे पनि दुबै उम्मेदवार राजनीतिक पार्टी र क्षेत्र मिलाएर उम्मेदवारको प्यानल बनाउनमा ब्यस्त रहेका छन । एनआरएनएको निर्वाचनमा राजनीतिक पार्टीको पनि हार जितमा ठुलो प्रभाव पर्ने गरेको छ । गैरआवासीय नेपाली संघ र संघको अन्तराष्ट्रिय परिषद (एनआरएनए आइसीसी) को नवौं महाधिवेशन तथा विश्व सम्मेलन अक्टोबर १५ देखि १७ सम्म काठमाडौंको हायात होटेलमा हुँदैछ । एनआरएनएमा राजनीतिक पार्टी अन्य संस्थाको सदस्यले उम्मेदबारी दिन नपाउने एनआरएनएको आगामी अधिबेशनमा कुनै राजनीतिक पार्टी अन्य संस्थाको सदस्यले उम्मेद्वारी दिन नपाउने नियम बनेको छ । उक्त नियमभित्र नबस्ने पदाधिकारिलाई पदबाट हटाउने संघका महासचिव बद्री केसीले बताए । महासचिव केसिले एक बिज्ञप्ति जारी गर्दै सन् २०१९–२१ कार्यकालको लागि विभिन्न मुलुकका राष्ट्रिय समन्वय परिषदहरुमा महाधिवेशनका साथै नयाँ कार्यकालको लागि नेतृत्व चयन गर्ने प्रकृया सुरु भई रहेको छ। यस सम्बन्धमा अन्तरास्ट्रिय समन्वय परिषद्को ध्यानाकर्षण भएको जनाएका छन । राष्ट्रिय महाधिवेशन सम्बन्धि नियमावली २०१९ को धारा “५.१२” राजनैतिक, क्षेत्रीय वा धार्मिक आधारमा, कुनै समूह वा प्यानलको आधारमा चुनाब लड्न वा समुहगत रुपमा मतको आह्वान गर्न वा प्रचार प्रसार गर्न नपाइने केसीद्धारा जारी विज्ञप्तिमा छ । विज्ञप्तिमा राष्ट्रिय महाधिवेशन सम्बन्धि नियमावली २०१९ को धारा “५.१२’ अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यको उम्मेदवार तथा राष्ट्रिय समन्वय परिषदका सबै उम्मेदवारहरुले संघको आचार संहितामा लिखित प्रतिबद्धता गरी उमेद्वारी मनोनयन फारमका साथमा पेश गर्नु पर्ने, कुनै उम्मृेदवार राजनैतिक, जातिय वा धार्मिक संस्थाको कार्यकारी समितिको पदाधिकारी वा सदस्य पद धारण गरेको भए सो पद त्याग गरेको लिखित जानकारी पनि मनोनयन फारमका साथ पेश गर्नुपर्ने उल्लेख छ । ‘अन्तर्राष्ट्रिय समन्वय परिषदले निर्धारण गरेको आचारसंहिता पालना नगरी प्राप्त भएका मनोनयनका उपर प्रमाणसहित लिखित उजुरी परेमा निर्वाचन समितिले छानविन गरि मनोनयन रद्द गर्न सक्नेछ’, विज्ञप्तिमा छ । एनआरएएले यसै सन्दर्भमा सबै एनसिसिहरुमा गठन भएका निर्बाचन समितिलाई धारा ५.१० अनुसार आचार संहिता लागु गराउन निर्देशन दिदैं निर्वाचत हुने तथा हुन लाग्नुभभएको पदाधिकारी तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्यहरुले कुनै राजनैतिक, जातिय वा धार्मिक संस्थाको पदाधिकारीको पद धारणा गरेको भए तुरुन्त कुनै एक पदबाट राजिनामा दिनसमेत निर्देशन दिएको छ । ‘निर्देशन गरिन्छ्र धारा ५.१२ मा उल्लेख भए अनुसार कतै उजुर परि छानबिन पछि ठहर भएमा यहाहरुले गैरआवासीय नेपाली संघमा धारणा गरेको पद खारेज हुने जानकारी गरिन्छ’, विज्ञप्तिमा छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ