मंगलबार, जेठ ८ गते २०८१

कतारद्वारा विदेशी कामदारका लागि भिसा खुला

कतारद्वारा विदेशी कामदारका लागि भिसा खुला

अखबार दैनिक
आइतबार, मंसिर ७ २०७७
  • कतारद्वारा विदेशी कामदारका लागि भिसा खुला

    मंसिर ७,

    images

    कतार सरकारले नयाँ श्रम स्वीकृतिमार्फत विदेशी कामदार लिने भएको छ । २५ नोभेम्बरमा सूचना निकालेर कतारले नेपालसहित विभिन्न देशबाट नयाँ श्रमिक आपूर्ति गर्ने निर्णय गरेको हो ।

    कतारस्थित नेपाली दूतावासले पनि आइतबारदेखि मागपत्र प्रमाणीकरणको काम थालेको जनाएको छ । कोरोनाका कारण यसअघि कतारले नेपालसहित विभिन्न देशलाई उच्च जोखिमको सूचीमा राखेको थियो ।

    कतारले गरेको पछिल्लो घोषणाअनुसार नेपालबाट म्यानपावर व्यवसायीले माग गरेको डिमाण्ड प्रमाणीकरण गर्ने तयारीसमेत थालिएको दूतावासले जनाएको छ । कतार सरकारले यसअघि उच्च जोखिममा राखेका देशका कामदारका लागि नयाँ श्रम स्वीकृति पनि खुलाएको थिएन । तर, अब भने त्यो प्रतिबन्ध हटाउँदै कतारले नेपालसहित विभिन्न देशबाट नयाँ श्रमिक लिने भएको छ ।

    अहिले कतारबाट बिदामा नेपाल आएकाहरू फर्कनका लागि भने विशेष अनुमति दिनुपर्ने प्रावधान कतार सरकारले राखेको छ । कतार पुगेपछि सात दिन होटल क्वारेन्टाइन र सात दिन होम क्वरेन्टाइनमा अनिवार्य बस्नुपर्ने नियम बनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार