शुक्रबार, असोज ४ गते २०८१

बालुवाटार-ललिता निवास जग्गा प्रकरणमा नेता नेपालबिरुद्धको रिटमा आज सुनुवाई हुँदै

बालुवाटार-ललिता निवास जग्गा प्रकरणमा नेता नेपालबिरुद्धको रिटमा आज सुनुवाई हुँदै

अखबार दैनिक
आइतबार, मंसिर ७ २०७७
  • बालुवाटार-ललिता निवास जग्गा प्रकरणमा नेता नेपालबिरुद्धको रिटमा आज सुनुवाई हुँदै

    मंसिर ७,

    images

    ललिता निवास बालुवाटारको जग्गा प्रकरणमा आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ ।

    ललिता निवास जग्गा हिनामिनामा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालबिरुद्ध पनि मुद्दा दायर गर्नुपर्ने माग गर्दै बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाानेले दायर गरेको रिट निवेदनको सुनुवाइ आज अदालतले गर्दैछ ।

    नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को विवाद चरम सीमामा पुगेको र पार्टी नै विभाजनको तहमा पुगेको बेला सर्वोच्च अदालतले माधव नेपाल बिरुद्धको रिटलाई अग्राधिकार दिएर आज सुनुवाई गर्दैछ ।

    न्यौपानेले २०७६ माघ २९ मा माधव नेपाललाई मुद्दा दायर नगरेकोमा अख्तियार र महान्यायाधीवक्ता कार्यालयलाई पनि विपक्षी बनाई रिट दायर गरेका थिए । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र मनोज शर्माको इजलासले माधव नेपालबिरुद्धको रिटको सुनुवाइ गर्दैछ ।

    ललिता निवास बालुवाटारको जग्गा गैरकानुनी रुपमा दर्ता गरिएको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि भूतपूर्व उपप्रधानमन्त्री विजय गच्छदारसहित तीन पूर्वमन्त्री र आफ्नै एक पूर्वप्रमुख आयुक्तसहित १ सय ७५ जनाविरुद्ध २०७६ माघ २२ मा विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ