बुधबार, असोज २८ गते २०८३

प्रस्तावित राजदूत सुनारबारे उजुरीको छानबिन गर्न कागजात मगाइँदै

प्रस्तावित राजदूत सुनारबारे उजुरीको छानबिन गर्न कागजात मगाइँदै

जर्मनीबाट फर्काइएको दाबीबारे परराष्ट्र मन्त्रालय र विवाहेत्तर सम्बन्धसम्बन्धी उजुरीमा ललितपुर प्रहरीसँग विवरण माग्ने संसदीय सुनुवाइ समितिको निर्णय

अखबार दैनिक
सोमबार, असोज २६ २०८३
  • प्रस्तावित राजदूत सुनारबारे उजुरीको छानबिन गर्न कागजात मगाइँदै

    काठमाडौं, २६ असोज । साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरिबहादुर सुनारविरुद्ध परेका उजुरीका विषयमा संसदीय सुनुवाइ समितिले थप कागजात मगाउने निर्णय गरेको छ ।

    सुनारको नैतिक चरित्र र विगतमा जर्मनीबाट नेपाल फर्काइएको भनिएको घटनासम्बन्धी उजुरीको सत्यतथ्य बुझ्न समितिले परराष्ट्र मन्त्रालयसँग विवरण माग्ने निर्णय गरेको हो ।

    प्रस्तावित राजदूत सुनार जर्मनी गएको समयमा त्यहाँबाट नेपाल फर्काइएको दाबी गर्दै समितिमा उजुरी परेको थियो । उक्त दाबीको वास्तविकता पत्ता लगाउन आवश्यक विवरण उपलब्ध गराउन मन्त्रालयलाई आग्रह गरिने भएको छ ।

    त्यस्तै, सुनारको विवाहेत्तर सम्बन्ध रहेको र त्यस विषयमा ललितपुर प्रहरीमा मिलापत्र भएको दाबीसमेत उजुरीमा गरिएको छ । यस विषयमा थप अध्ययन गर्न समितिले ललितपुर प्रहरीसँग सम्बन्धित कागजात माग्ने निर्णय गरेको हो ।

    उजुरीमा उल्लेख गरिएका विषयमा आवश्यक तथ्य र प्रमाण अध्ययन गरेर मात्रै थप निर्णयमा पुग्ने उद्देश्यले समितिले सम्बन्धित निकायसँग कागजात मगाउन लागेको हो ।

    समितिले प्रस्तावित राजदूतहरूविरुद्ध परेका उजुरीका सम्बन्धमा उजुरीकर्ताहरूसँग छलफल गरी सुनुवाइ प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

    सुनारविरुद्ध परेका उजुरीमा उल्लेख गरिएका आरोपहरूको सत्यता भने सम्बन्धित निकायबाट प्राप्त हुने कागजात तथा छानबिनपछि स्पष्ट हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ