बिहीबार , वैशाख २७ गते २०८१

आँचलले श्रीमानसँग मिलेर फिल्म बनाउँदै, के नायकमा होलान् त पल शाह ?

आँचलले श्रीमानसँग मिलेर फिल्म बनाउँदै, के नायकमा होलान् त पल शाह ?

अखबार दैनिक
बिहीबार , मंसिर ४ २०७७
  • आँचलले श्रीमानसँग मिलेर फिल्म बनाउँदै, के नायकमा होलान् त पल शाह ?

    मंसिर ४,

    images

    नेपाली चलचित्र क्षेत्रका सुन्दरीहरु विबाह लगत्तै चलचित्र क्षेत्रबाट पलायत हुँदै आएको परिप्रेक्षमा नायिका आचल शर्मा भने विबाहपछि पनि जम्ने संकेत देखाएकी छिन् । उनी नायिका मात्र नभइ अब निर्मात्री बन्ने तयारी गरेकी छन ।

    विबाह लगत्तै कोरोना कहर सुरुभएपछि चलचित्रमा काम गर्ने वातावरण नभए पनि म्यूजिक भिडियोमा ब्यस्त बन्दै गइरहेकी आँचलले चलचित्र निर्माण गर्ने तयारीमा छिन् । आँचलले पति डाक्टर उदिप श्रेष्ठसँग मिलेर चलचित्र निर्माण गर्न लागेकी खबर बाहिरिएको छ । जसको निर्देशक निर्देशक मिलन चाम्सले गर्ने तयारी उनीहरुले गरेका छन् । चलचित्रलाई विशेष बनाउने तयारीमा आँचल र उदिप रहेका छन् ।

    बिवाहको केहि समयपछि आँचलले मेरो परिवारले फिल्म बनाए नायकमा पल शाह ने हुने बताएकी थिइन् । यो बिषयले निकै चर्चा पनि पाएको थियो । तरपनि कुनै समय निकै जमेको पल र आँचलको जोडी बिवाहपछि भने कुनै भिडियोमा पनि सँगै देखिएका छैनन् । तर अब उनको फिल्ममा नायकमा पल शाह नै होलान या अरू कोही हुनेछ त्यो भने हेर्न बाँकि नै छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ