बिहीबार , असोज ३ गते २०८१

अनेरास्ववियू जुम्लाका संयोजकको नेतृत्वमा श्रमदान गरि बाटो र पुलको निर्माण सम्पन्न

अनेरास्ववियू जुम्लाका संयोजकको नेतृत्वमा श्रमदान गरि बाटो र पुलको निर्माण सम्पन्न

अखबार दैनिक
बिहीबार , मंसिर ४ २०७७
  • अनेरास्ववियू जुम्लाका संयोजकको नेतृत्वमा श्रमदान गरि बाटो र पुलको निर्माण सम्पन्न

    मंसिर ४,

    images

    कर्णाली प्रदेश देशकै कथित पिछडिएको प्रदेशको रुपमा चिनिने गर्दछ । आजसम्म आईपुग्दा समेत कर्णालीमा त्यस्ता कैयौं कहालीलाग्दा कहानीहरु छन् जसले १९औँ शताब्दीको सामान्ती सत्ताको झल्को दिन्छ । यद्यपि अहिले समय र परिस्थिति फेरिएको छ । विश्वव्यापिकरणले गाँज्दै लगेको पर्यावरणमा आफुलाई किञ्चित कृत्रिम अभ्यस्त बनाउन भने लागिपरेको छ ।

    त्यस्तै कर्णाली प्रदेशको जुम्ला जिल्लामा अवस्थित सिँन्जा गाउँपालिका वडा न. १मा कुनै जनप्रतिनिधि छैनन । जसको प्रत्यक्ष असर वडाबाट गाउँमा आउँने बजेटले खासै महत्त्व पाउँदैन । सोझै यसो भन्दा पनि अन्याय हुँदैन कि सो गाउँको लागि वडाबाट कुनै बजेट विनियोजन छैन । सौभाग्य भनौं, देशको प्रमुख दल नेकपाको भातृ संगठन अनेरास्ववियूका जिल्ला संयोजक भने सोही गाउँका वासिन्दा हुन् । जसको नेतृत्व समग्र जिल्लाको आकर्षणको केन्द्रमा छ ।

    रारा राजमार्ग लगायत गाउँ भित्रीने प्रमुख बाटो एवं गाई बाख्रा चरनको लागि हिडने मुखदेहर जाँच बाटो खण्ड र सोही मुखदेहार खोलाको पुल अत्यन्तै जिर्ण अवस्थामा गुज्रिएको थियो । पानी खोला बाट अनियन्त्रित भएर बाटोमा जाँदा बाटोमा बरफ जम्ने भएकाले बनपाखा आवतजावत गर्ने क्रममा हिडढुल गर्न गाह्रो हुने भई केही व्यक्तिहरु लडेर हातखुट्टा समेत भाच्चिएका समाचार आईरहन्थ्यो । सोही बाटोको स्तरउन्नतिका लागि वडापालिकामा पटक पटक अनुरोध गर्दापनी कुनै प्रतिक्रिया नपाएपछि उनै जिल्ला संयोजकको नेतृत्वमा स्थानीय युवाहरू मिलेर आफैंले श्रमदान गरि उक्त बाटोको स्तरोन्नती र पुल निर्माण कार्य सम्पन्न भएको छ ।125871058_147172287108540_2608666368286724693_n.jpg

    सो कार्यको नेतृत्व र अगुवाइ अनेरास्ववियू जुम्लाका संयोजक मिनराज आचार्य र सामाजिक अभियान्ता भुवन केसिको समन्वयमा गरेका थिए ।

    बाटो र पुल निर्माण कार्य सकेपछी उक्त कार्यको उद्घाटन अनेरास्ववियू जुम्लाका संयोजक मिनराज आचार्यले गर्नुभयको थियो । उद्घाटन क्रममा संयोजक आचार्यले "युवा नै शक्तिका श्रोत भएको कुरा उल्लेख गर्नुभयो । साथसाथै यो कामको श्रेय आफुलाई मात्र नभएर समग्र स्थानिय युवाहरू दिदाँ यथोचित न्याय हुने कुरा समेत जोड्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ