३० कात्तिक काठमाडौं । पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा ६ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।
कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २२१ पुगेको छ ।
सोही अवधीमा १ हजार ४७७ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा २ हजार ७९८ संक्रमित निको भएका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३५ हजार १२५ रहेको छ ।
हालसम्म संक्रमित मध्ये १ लाख ७३ हजार ४३० निको भइसकेका मन्त्रालयले जनाएको छ ।