आइतबार, असोज १८ गते २०८३

इजिप्टमा छ पत्रकार पक्राउ

इजिप्टमा छ पत्रकार पक्राउ

अखबार दैनिक
शुक्रबार, असोज १६ २०८३
  • इजिप्टमा छ पत्रकार पक्राउ

    न्युयोर्क, १६ असोज  इजिप्टका अधिकारीहरूले स्वतन्त्र सञ्चारमाध्यम मात्सादासका छ जना पत्रकारलाई प्रतिबन्धित मुस्लिम ब्रदरहुडसँग सम्बन्धित रहेको आरोपमा पक्राउ गरेका छन् । घटनापछि अन्तर्राष्ट्रिय तथा क्षेत्रीय अधिकार समूहहरूले पत्रकारहरूको रिहाइको माग गरेका छन् ।    
        
    अधिकारीहरूले विदेशी कोषको बदलामा अनलाइन माध्यमका लागि झुटा समाचार उत्पादन गरेको आरोप लगाएका छन् । तर मात्सादासका सहसंस्थापक अब्देलरहमान मन्सुरले आरोप अस्वीकार गर्दै पक्राउ परेका पत्रकारहरू कहाँ छन् भन्नेबारे उनीहरूका परिवारलाई समेत जानकारी नभएको बताउनुभएको छ । उहाँले उनीहरूलाई सकुशल रिहा गर्न माग गर्नुभयो ।    
        
    मात्सादासले इजिप्टसहित अन्य अरब मुलुकमा खोजमूलक पत्रकारिता गर्दै आएको छ । इजिप्टमा यसको वेबसाइट अवरुद्ध भए पनि फेसबुकमा १० लाखभन्दा बढी फलोअर छन् । इजिप्टको गृह मन्त्रालयले भने मन्सुरले भारतबाट सञ्चालन गरेको अनुमतिविहीन माध्यमका रूपमा उल्लेख गर्दै पक्राउ परेका पत्रकारहरू मुस्लिम ब्रदरहुडको ‘मिडिया कमिटी’ का सदस्य रहेको आरोप लगाएको छ ।    
        
    मन्सुरका अनुसार पत्रकारहरू सोमबार र मङ्गलबार विभिन्न स्थानबाट पक्राउ परेका थिए । उनीहरूका मोबाइल फोन र कम्प्युटर जफत गरिएको छ । व्यक्तिगत अधिकारका लागि इजिप्टियन इनिसिएटिभले पत्रकारहरूलाई परिवार वा कानूनी टोलीसँग सम्पर्क गर्न नदिइएको र उनीहरू कहाँ छन् भन्ने स्पष्ट नभएको जनाएको छ ।    
        
    ह्युमन राइट्स वाच र रिपोर्टर्स विदाउट बोर्डर्ससहित ८० भन्दा बढी अधिकार समूह तथा नागरिक समाज संस्थाले पत्रकारहरूको रिहाइको माग गरेका छन् । उनीहरूले मात्सादासले सार्वजनिक चासोका विषयमा विश्वसनीय समाचार दिँदै आएको बताएका छन् ।    
        
    सन् २०१३ मा तत्कालीन राष्ट्रपति मोहम्मद मोर्सीलाई सेनाले अपदस्थ गरेपछि इजिप्टले मुस्लिम ब्रदरहुडलाई आतङ्कवादी सङ्गठन घोषणा गरेको थियो । त्यसयता पत्रकार तथा सरकारका आलोचकलाई उक्त समूहसँग सम्बन्धित रहेको वा झुटा समाचार फैलाएको आरोप लगाइँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ