शुक्रबार, असोज ४ गते २०८१

ओलीद्धारा वामदेव गौतमलाई रक्षा मन्त्रालयको प्रस्ताव

ओलीद्धारा वामदेव गौतमलाई रक्षा मन्त्रालयको प्रस्ताव

अखबार दैनिक
शुक्रबार, कात्तिक २८ २०७७
  • ओलीद्धारा वामदेव गौतमलाई रक्षा मन्त्रालयको प्रस्ताव

    कात्तिक २८,

    images

    प्रचण्ड-नेपाल गठबन्धनमा विभाजन ल्याउने रणनीति अनुरुप प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई रक्षा मन्त्रालयको नेतृत्व सम्हाल्नेगरि मन्त्रिमण्डलमा समावेश गर्ने तयारी गरेका छन् । पार्टीभित्र आफूविरुद्ध घेराबन्दी भैरहेको अवस्थालाई मध्येनजर गर्दै प्रधानमन्त्री ओलीले गौतमलाई आफ्नो कित्तामा ल्याउनको लागि यस्तो अस्त्र प्रयोग गरेको स्रोतको दाबी छ ।

    तर, नेता गौतमले भने आफू तत्काल मन्त्री बन्ने तयारीमा नलागेको र आफ्नो अडान कायमै रहेको आफूनिकट नेताहरुसँग स्पष्ट पारेका छन् । नेकपा निकट उच्च स्रोतकाअनुसार बालुवाटारले भने गौतमलाई रक्षामन्त्री बन्न अफर गरेको छ । पाटीभित्र रहेको आफूविरोधी गठबन्धन भत्काउनलाई पनि प्रधानमन्त्री ओलीले यस्तो अफर गरेको ओली ईतर समूहका नेताहरुको दाबी छ ।

    गौतम भने आफू यसपटक प्रधानमन्त्री ओलीको कुनैपनि महाजाल र अफरमा नलोभ्भिने अडान कसेका छन् । प्रधानमन्त्री ओलीनिकट नेताहरुले गौतमलाई अदालतको मन्त्री बन्न बाटो खुल्लासहितको आदेश आएपछि धमाधम बधाई दिईरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ