बिहीबार , असोज ३ गते २०८१

प्रचण्डलाई ओलीको जवाफ : गुटबन्दी गर्ने तपाईं नै हो

प्रचण्डलाई ओलीको जवाफ : गुटबन्दी गर्ने तपाईं नै हो

अखबार दैनिक
शुक्रबार, कात्तिक २८ २०७७
  • प्रचण्डलाई ओलीको जवाफ : गुटबन्दी गर्ने तपाईं नै हो

    कात्तिक २८,

    images

    प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको गुटबन्दीको दोष अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएका छन् । प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले गत शनिबार बुझाएको पत्रको जवाफमा प्रधानमन्त्रीले यस्तो आरोप लगाएका हुन् ।

    प्रचण्डलाई सम्बोधन गरिएको पत्रमा सचिवालयका अन्य सदस्यलाई बोधार्थ पठाइएको छ । प्रचण्डलाई सम्बोधन गरिएको पत्रमा गुटबन्दी तपाईंले नै गरेको हो भन्ने लामो व्यहोरा छ । मैले पार्टी बैठक राख्दिनँ भनेर कहिले पनि भनेको छैन, प्रधानमन्त्रीको पत्रबारे स्रोतले भन्यो, पत्रमा प्रचण्डलाई गुटबन्दी छोडेर पार्टी, देश र जनताको हितमा काम गर्न आउन आग्रह गरिएको छ । ८ पेज लामो पत्र भए पनि सारमा गुटबन्दीको आरोप प्रचण्डलाई लगाएकोबाहेक केही छैन ।

    पत्रमा प्रधानमन्त्रीको आक्रोश प्रचण्डमाथि नै धेरै देखिएको छ । दुई अध्यक्षबीचमा हुँदै नभएको कुरालाई बाहिर सार्वजनिक गरेको समेत प्रधानमन्त्री ओलीले आरोप लगाएका छन् । प्रधानमन्त्रीले पठाएको पत्रमा अबको निकासको बारेमा समेत केही उल्लेख नगरिएको स्रोतले बतायो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ