शनिबार, असोज १७ गते २०८३

सचिवमा आभा श्रेष्ठ कर्ण र डा. जगदीश्वर कर्माचार्य बढुवा

सचिवमा आभा श्रेष्ठ कर्ण र डा. जगदीश्वर कर्माचार्य बढुवा

अखबार दैनिक
मंगलबार, असोज १३ २०८३
  • सचिवमा आभा श्रेष्ठ कर्ण र डा. जगदीश्वर कर्माचार्य बढुवा

    काठमाडौं, १३ असोज । सरकारले प्रशासन र प्राविधिक सेवातर्फका दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ।

    मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिवद्वय आभा श्रेष्ठ कर्ण र डा. जगदीश्वर कर्माचार्यलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

    सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार नेपाल प्रशासन सेवातर्फ राजपत्रांकित विशिष्ट श्रेणीको सचिवमा बढुवा भएकी आभा श्रेष्ठ कर्णलाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गरिएको छ।

    त्यस्तै, नेपाल इन्जिनियरिङ सेवातर्फ राजपत्रांकित विशिष्ट श्रेणीको सचिवमा बढुवा भएका डा. जगदीश्वर कर्माचार्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय भएको छ।

    यसअघि सचिव बढुवा सिफारिस समितिले प्रशासनतर्फ सहसचिवहरू आभा श्रेष्ठ कर्ण, चक्रबहादुर बुढा र जयनारायण आचार्यको नाम सिफारिस गरेको थियो। प्राविधिकतर्फ भने डा. जगदीश्वर कर्माचार्य, नवीनराज सिंह र मीना श्रेष्ठ सचिव बढुवाका लागि सिफारिस भएका थिए।

    सिफारिस भएकामध्ये वरिष्ठताका आधारमा कर्ण र कर्माचार्य सचिवमा बढुवा भएका हुन्। कर्ण यसअघि महिला मन्त्रालयमा तथा कर्माचार्य ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कार्यरत थिए।

    मन्त्रिपरिषद्को निर्णयसँगै कर्णले गण्डकी प्रदेशको प्रमुख सचिवका रूपमा तथा कर्माचार्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवका रूपमा जिम्मेवारी सम्हाल्ने भएका छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ