शनिबार, असोज १७ गते २०८३

अवकाश आउन डेढ वर्ष बाँकी छँदै अख्तियारका सहसचिव योगेन्द्र पाण्डेले दिए राजीनामा

अवकाश आउन डेढ वर्ष बाँकी छँदै अख्तियारका सहसचिव योगेन्द्र पाण्डेले दिए राजीनामा

अखबार दैनिक
मंगलबार, असोज १३ २०८३
  • अवकाश आउन डेढ वर्ष बाँकी छँदै अख्तियारका सहसचिव योगेन्द्र पाण्डेले दिए राजीनामा

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव योगेन्द्र पाण्डेले निजामती सेवाबाट राजीनामा दिएका छन्।

    पाण्डेको राजीनामा बुधबारदेखि लागू हुने बताइएको छ। नियमित अवकाशका लागि करिब डेढ वर्ष सेवा अवधि बाँकी रहेकै अवस्थामा उनले राजीनामा दिएका हुन्।

    संघीय निजामती सेवा विधेयकमा प्रस्तावित ‘३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेर’ सम्बन्धी व्यवस्थालाई लिएर कर्मचारी वृत्तमा बहस भइरहेका बेला पाण्डेको राजीनामा आएको हो।

    पछिल्लो समय नियमित अवकाशको अवधि बाँकी रहँदै सचिव, सहसचिवलगायत उच्च तहका कर्मचारीले निजामती सेवा छाड्ने क्रम देखिएको छ।

    प्रशासन डटकमलाई प्राप्त विवरणअनुसार हालसम्म विभिन्न तहका ५३८ जना निजामती कर्मचारीले राजीनामा दिएका छन्। राजीनामा दिनेमा ३ जना सचिव र २५ भन्दा बढी सहसचिव रहेको जनाइएको छ।

    संघीय निजामती सेवा विधेयकमा प्रस्ताव गरिएको ‘३०–५५’ को व्यवस्थाले लामो समयदेखि सेवामा रहेका कर्मचारीको भावी सेवा अवधि, अवकाश तथा निवृत्तिभरणसम्बन्धी विषयमा चासो बढाएको छ।

    यही बहस चलिरहेका बेला नियमित अवकाशका लागि करिब डेढ वर्ष बाँकी रहेका पाण्डेले राजीनामा दिएपछि उच्च तहका अनुभवी कर्मचारीले समयअगावै सेवा छाड्ने विषय फेरि चर्चामा आएको छ।

    पाण्डेले राजीनामा दिनुको व्यक्तिगत कारणबारे भने विस्तृत विवरण सार्वजनिक भएको छैन।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ