आइतबार, असोज ११ गते २०८३

विपदबाट चार दिनमा १५ जनाको मृत्यु

विपदबाट चार दिनमा १५ जनाको मृत्यु

अखबार दैनिक
आइतबार, असोज ११ २०८३
  • विपदबाट चार दिनमा १५ जनाको मृत्यु

    काठमाडौँ, ११ असोजः देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत विपद्बाट चार दिनमा १५ जनाको मृत्यु भएको छ ।    
        
    विपद्मा परी बागमती प्रदेशमा तीन, लुम्बिनीमा चार, गण्डकीमा पाँच, कर्णालीमा दुई र मधेस प्रदेशमा एक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिनुभयो । विपद्का घटनामा चार जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।    
        
    बाढी, पहिरो तथा डुबानमा परेका एक हजार २८४ जनाको उद्धार गरिएको छ । अन्य सुरक्षा निकाय र स्थानीयको समन्वयमा बाढी पहिरोको जोखिममा रहेका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षित गर्ने काम भइरहेको प्रवक्ता काफ्लेले बताउनुभयो ।     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ