कात्तिक २७,
वामदेव गौतम ओली गुटमा सर्ने संकेत प्रधानमन्त्रीले चाल पाएपछि नेकपाको सचिवालय बैठक बस्ने पक्का भएको छ । वामदेवले प्रचण्ड क्याम्पबाट विदा लिने भएपछि सचिवालयमा प्रचण्ड अल्पमतमा पर्ने पक्का भएपछि नेकपाको सचिवालय बैठक बस्ने पक्का भएको हो ।
चर्को दवावपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले सचिवालय बैठक बोलाएका छन् । ओलीले शुक्रबार ४ बजेका लागि सचिवालयको बैठक बोलाएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले फेसबुकमार्फत जनाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । ‘नेकपाका दुबै अध्यक्षसँगको परामर्शमा महासचिव विष्णु पौडेलले पार्टीको केन्द्रीय सचिवालयको बैठक शुक्रबार अपराह्न ४ बजे वालुवाटारमा बोलाउनुभएको छ’, रिजालले लेखेका छन् ।
अध्यक्षसमेत रहेका प्रधानमन्त्रीको निर्देशनमा महासचिव विष्णु पौडेलले सचिवालय बैठक बोलाएका छन् । दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालसहितको समूहले सचिवालयको बैठकका लागि ओलीलाई दवाव दिँदै आएको थियो ।