शुक्रबार, असोज ९ गते २०८३

इन्डोनेसियामा जहाज डुब्दा २० जनाको मृत्यु

इन्डोनेसियामा जहाज डुब्दा २० जनाको मृत्यु

अखबार दैनिक
बुधबार, असोज ७ २०८३
  • इन्डोनेसियामा जहाज डुब्दा २० जनाको मृत्यु

    जकार्ता, ७ असोज  इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक जहाज डुब्दा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । राष्ट्रिय खोजी तथा उद्धार एजेन्सीका अनुसार दुर्घटनामा अझै ११५ जना बेपत्ता छन् भने १०८ जनाको उद्धार गरिएको छ ।    
        
    ‘कन्या यातायात ८’ नामक जहाज पूर्वी जाभाको सुराबायाबाट दक्षिण कालिमान्टनको बञ्जर्मासिनतर्फ जाने क्रममा दुर्घटनामा परेको हो । जहाज सेप्टेम्बर १२ मा सुराबायाबाट प्रस्थान गरेको थियो । खराब मौसमका कारण यात्रामा समस्या आएपछि सेप्टेम्बर १३ बिहान करिब २ बजे स्थानीय समयअनुसार जहाजसँग सम्पर्क विच्छेद भएको थियो ।    
        
    खोजी तथा उद्धारमा संलग्न टोलीले जहाजभित्र तथा मध्य कालिमान्टन प्रान्तको तटीय क्षेत्रमा शव फेला पारेका छन् । गोताखोरहरूले जहाजका केबिनमा खोजीलाई केन्द्रित गरेका छन् । तर पानीमुनि कम दृश्यता र तीव्र समुद्री धाराका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको एजेन्सीले जनाएको छ ।    
       

    करिब १७ हजार टापु रहेको इन्डोनेसियामा विभिन्न टापुलाई जोड्न तथा यात्राका लागि फेरी र अन्य समुद्री यातायातमा ठूलो निर्भरता छ । मौसम, समुद्री अवस्था र जहाजको सुरक्षासम्बन्धी कारणले त्यहाँ समय–समयमा समुद्री दुर्घटना हुने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ