७ असोज, काठमाडौं साताको कारोबारको बुधबार सेयर बजारका सबै प्रमुख सूचक घटेका छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३६.२५ अंक अर्थात् १.३६ प्रतिशतले घटेर २ हजार ६१८ अंकमा झरेको छ।
बजारसँगै कारोबार रकम पनि घटेको छ। मंगलबार ७ अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ६ अर्ब ३५ करोड रुपैयाँमा सीमित भएको छ।
बुधबार जीवन बीमा समूह सर्वाधिक २.०४ प्रतिशतले घटेको छ। बैंकिङ समूह १.२२ प्रतिशत, विकास बैंक १.३६ प्रतिशत, फाइनान्स १.०९ प्रतिशत, होटल तथा पर्यटन ०.९८ प्रतिशत र जलविद्युत् समूह १.६६ प्रतिशतले घटेका छन्।
त्यस्तै, लगानी समूह १.४९ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.४५ प्रतिशत, माइक्रोफाइनान्स १.३१ प्रतिशत, निर्जीवन बीमा १.३२ प्रतिशत, अन्य समूह १.६५ प्रतिशत र व्यापार समूह १.२६ प्रतिशतले घटेका छन्।
आज कारोबार भएका कम्पनीमध्ये २३ वटाको सेयर मूल्य बढेको छ भने २५३ कम्पनीको मूल्य घटेको छ। २ कम्पनीको मूल्य भने स्थिर रह्यो।
मूल्य बढ्नेमा धौलागिरि लघुवित्त अग्रस्थानमा रह्यो। यसको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। सीवाईसी लघुवित्त ५.४४ प्रतिशत, विकास हाइड्रोपावर ३.५४ प्रतिशत, बोटलर्स नेपाल (बालाजु) ३ प्रतिशत र मिडसोलु हाइड्रोपावर २.६४ प्रतिशतले बढेका छन्।
त्यस्तै, फर्स्ट माइक्रोफाइनान्सको सेयर मूल्य ८.५४ प्रतिशतले घटेको छ। माउन्ट एभरेस्ट पावर ५.७२ प्रतिशत, इङवा हाइड्रोपावर ५.२२ प्रतिशत र पियोर इनर्जी ४.७९ प्रतिशतले घटेका छन्।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, हिमालयन डिस्टिलरी, लक्ष्मी सनराइज बैंक, आँखुखोला जलविद्युत् र घलेम्दी हाइड्रोपावर अगाडि रहेका छन्।

प्रतिक्रिया दिनुहोस