सोमबार, भदौ ३१ गते २०८१

प्रधानमन्त्रीले बोलाए शुक्रवार नेकपा सचिवालय बैठक

प्रधानमन्त्रीले बोलाए शुक्रवार नेकपा सचिवालय बैठक

अखबार दैनिक
बिहीबार , कात्तिक २७ २०७७
  • प्रधानमन्त्रीले बोलाए शुक्रवार नेकपा सचिवालय बैठक

    कात्तिक २७,

    images

    सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बोलाएका हुन् ।

    महासचिव विष्णु पौडेलमार्फत् सचिवालय बैठक तय भएको हो । नेकपामा सचिवालय बैठक अध्यक्षको परामर्शमा महासचिवले बोलाउने व्यवस्था छ । यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्यहरू झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले अनौपचारिक रूपमा धुम्बाराहीस्थित पार्टी कार्यालयमा बैठक गरी सचिवालय बैठक बोलाउन अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।

    मंगलबार धुम्बाराहीमा अनौपचारिक छलफल गरी प्रचण्डसहित पाँच सचिवालय सदस्यले सचिवालय बैठकका लागि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई पर्खने बताएका थिए । अध्यक्ष ओली सचिवालय बैठक बोलाउन सहमत नदेखिए अर्का अध्यक्ष प्रचण्डसहित पाँच सचिवालय सदस्यहरू बैठक बसेर स्थायी कमिटी बैठक तय गर्ने पक्षमा थिए । प्रचण्डसहित पाँच सचिवालय सदस्यले लिखित पत्र नै बुझाएर अध्यक्ष ओलीलाई सचिवालय बैठक बोलाउन माग गरेका थिए ।

    गत शनिबार बैठक बसेर कार्यकारी अध्यक्ष प्रचण्डसहित पाँच सचिवालय सदस्यले उक्त माग गरेका थिए । मंगलबार पनि प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेटेर सचिवालय बैठक राख्न आग्रह गरेका थिए । धुम्बाराहीमा बैठक बस्नुअघि प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए । तर प्रधामनध्ी ओली सचिवालय बैठक राख्न सहमत भएका थिएनन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ