मंगलबार, असोज ६ गते २०८३

प्रतिनिधिसभाको बैठक सुरु, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक सुरु, यस्तो छ कार्यसूची

अखबार दैनिक
मंगलबार, असोज ६ २०८३
  • प्रतिनिधिसभाको बैठक सुरु, यस्तो छ कार्यसूची

    काठमाडौँ, ६ असोजः प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।    
        
    सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीले “राष्ट्रिय सभामा उत्पत्ति भएको सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक,२०८३” का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्नुहुने कार्यसूची रहेको छ ।    
        
    त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले “संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।    
        
    त्यस्तै “संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता अनुमोदन गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।    

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ