मंगलबार, असोज ६ गते २०८३

नेपालकी आर्या महर्जन हिट चरणबाटै बाहिरिन

नेपालकी आर्या महर्जन हिट चरणबाटै बाहिरिन

अखबार दैनिक
मंगलबार, असोज ६ २०८३
  • नेपालकी आर्या महर्जन हिट चरणबाटै बाहिरिन

    काठमाडौँ, ६ असोजः बीसौँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत पौडीको महिलातर्फको १०० मिटर फ्रिस्टाइल खेलमा नेपालकी आर्या महर्जन हिट चरणबाटै बाहिरिएकी छन् ।    
        
    जापानको टोक्यो एक्वाटिक सेन्टरमा आज भएको प्रतिस्पर्धामा आर्याले १ मिनेट ४.३५ सेकेन्डको समय निकालिन् । पैतीस खेलाडी सहभागी यस स्पर्धामा उनी समग्रमा ३०औँ स्थानमा रहिन् ।    
        
    यसअघि हिजो भएको खेलमा पनि आर्या ५० मिटर ब्याकस्ट्रोकमा ३३.४० सेकेन्डसहित ३१ खेलाडीमध्ये २७ औँ स्थानमा रहेकी थिइन् । हिजै भएको खेलमा नेपालका डुवाना लामा, जादेन श्रेष्ठ र एर्भिन श्रेष्ठ पनि आ–आफ्ना स्पर्धाबाट बाहिरिएका थिए ।    
        
    अब एसियाडमा २०२६ को पौडीतर्फ नेपालको तीन स्पर्धा मात्र बाँकी छन् । अब डुवानाले १०० मिटर ब्याकस्ट्रोक, अभिव प्रधानले ५० मिटर बटरफ्लाइ तथा जादेनले ५० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् ।    

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ