बिहीबार , वैशाख २७ गते २०८१

आईपीएल २०२०को उपाधि मुम्बईलाई

आईपीएल २०२०को उपाधि मुम्बईलाई

अखबार दैनिक
बुधबार, कात्तिक २६ २०७७
  • आईपीएल २०२०को उपाधि मुम्बईलाई

    कात्तिक २६,

    images

    इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएको छ । दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो ।

    मुम्बईका लागि रोहित शर्माले ६८ रन र क्विन्टन डी ककले २० रन बनाए भने इशान किशनले अविजित ३३ रन बनाए । बलिङतर्फ दिल्लीका मार्कस स्टोइनिस र कागिशो रबाडाले १/१ विकेट लिँदा एनरिच नोर्त्जेले २ विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा सात विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस अय्यरले अविजित ६५ रन र रिषभ पन्तले ५६ रन बनाए ।

    बलिङतर्फ मुम्बईका लागि ट्रेन्ट बोल्टले ३ विकेट लिँदा कल्टर नायलले २ र जयन्त यादवले १ विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ