काठमाडौं ०४, असोज । नेकपा एमालेको सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा सुरु भएको छ।
आइतबार सुरु भएको बैठकमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने भएको छ।
यसअघि आइतबार नै बसेको एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकले विभिन्न तीनवटा प्रतिवेदनलाई एकीकृत गरी साझा प्रतिवेदन तयार पारेर सचिवालयमा पठाउने निर्णय गरेको थियो।
कार्यदलले पठाएको उक्त प्रतिवेदनमाथि सचिवालय बैठकमा आवश्यक छलफल गरी पार्टीले आगामी कदमबारे निर्णय गर्ने बताइएको छ।
बैठकमा निर्वाचनको समीक्षा, पार्टीको संगठनात्मक अवस्था तथा पुनर्गठनसँग सम्बन्धित विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस