मंगलबार, असोज ६ गते २०८३

गोरखामा जीप दुर्घटना, एकजनाको मृत्यु

गोरखामा जीप दुर्घटना, एकजनाको मृत्यु

अखबार दैनिक
आइतबार, असोज ४ २०८३
  • गोरखामा जीप दुर्घटना, एकजनाको मृत्यु

    गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुङस्थित भित्री सडकखण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

    बुधबार बिहान करिब १०ः३० बजे भच्चेकबाट चित्रेपोखरीतर्फ आउँदै गरेको ग १ ज ६३८९ नम्बरको महेन्द्र जीप ब्रेक फेल भएर सडकको नालामा खसेर भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ।

    जीपमा चालकसहित ९ जना सवार थिए। दुर्घटनामा चालकबाहेक ८ जना यात्रु घाइते भएका हुन्।

    घाइतेमध्ये सिरानचोक गाउँपालिका–२ काँउलेकी करिब ८१ वर्षीया लालमाया गुरुङ र सिरानचोक–७ का करिब ६८ वर्षीय कमलबहादुर घिमिरेको अवस्था गम्भीर रहेको छ।

    यस्तै, सिरानचोक–७ का सीता पाण्डे, मेखबहादुर खड्का र कुलबहादुर सार्की तथा सिरानचोक–६ सिम्लेकी सीता गुरुङको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

    सिरानचोक–७ डाँडागाउँकी २७ वर्षीया रोजिना नेपाली र उनकी २१ महिनाकी छोरी रेविका नेपाली पनि दुर्घटनामा घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम रहेको छ।

    दुर्घटनापछि घाइते सबैलाई उपचारका लागि प्रदेश अस्पताल आँपपिपल, गोरखा पठाइएको छ।

    प्रहरीले जीप चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारण तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ