आइतबार, असोज ४ गते २०८३

आईपीओ निष्कासनमा कडाइ गर्दै धितोपत्र बोर्ड, प्रतिसेयर नेटवर्थ कम्तीमा १ सय रुपैयाँ हुनुपर्ने

आईपीओ निष्कासनमा कडाइ गर्दै धितोपत्र बोर्ड, प्रतिसेयर नेटवर्थ कम्तीमा १ सय रुपैयाँ हुनुपर्ने

अखबार दैनिक
शुक्रबार, असोज २ २०८३
  • आईपीओ निष्कासनमा कडाइ गर्दै धितोपत्र बोर्ड, प्रतिसेयर नेटवर्थ कम्तीमा १ सय रुपैयाँ हुनुपर्ने

    काठमाडौं, २ असोज । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राथमिक सेयर निष्कासन (आईपीओ) का लागि कम्पनीहरूको योग्यता थप कडा बनाउने प्रस्ताव गरेको छ।

    बोर्डले सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिकाको मस्यौदा सार्वजनिक गर्दै सरोकारवालासँग सुझाव मागेको छ। मस्यौदाअनुसार १ सय रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न चाहने कम्पनीको प्रतिसेयर नेटवर्थ कम्तीमा १ सय रुपैयाँ हुनुपर्नेछ।

    आईपीओमा जानुअघि कम्पनीले कम्तीमा तीन आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने प्रस्ताव गरिएको छ। कम्पनी निरन्तर सञ्चालनमा रहेको, आम्दानी वास्तविक व्यावसायिक कारोबारबाट भएको र सञ्चालन नगद प्रवाह दिगो रहेको हुनुपर्ने व्यवस्था पनि मस्यौदामा छ।

    त्यस्तै, कम्पनीको आधिकारिक वेबसाइट अनिवार्य हुनुपर्ने र त्यसमा कम्तीमा तीन वर्षको वित्तीय विवरण, वार्षिक प्रतिवेदन, व्यावसायिक योजना, चुनौती तथा सञ्चालक र प्रमुख कार्यकारी अधिकृतसम्बन्धी विवरण राख्नुपर्ने प्रस्ताव छ।

    कम्पनीका संस्थापक, सञ्चालक तथा प्रमुख पदाधिकारीको योग्यता, नैतिक आचरण र वित्तीय अनुशासनसमेत परीक्षण गरिनेछ। वित्तीय ठगी, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार वा गम्भीर आर्थिक अपराधमा दोषी ठहरिएका व्यक्तिलाई आईपीओ निष्कासन प्रक्रियामा अयोग्य मान्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

    मस्यौदामा स्वतन्त्र सञ्चालक तथा लेखा परीक्षण, जोखिम व्यवस्थापन र नोमिनेसन समिति गठनलाई समेत अनिवार्य बनाउने प्रस्ताव छ। आईपीओबाट उठेको रकम छुट्टै बैंक खातामा राखी स्वीकृत उद्देश्यमा मात्र खर्च गर्नुपर्ने र यसको विवरण बोर्ड तथा कम्पनीको वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ