आइतबार, असोज ४ गते २०८३

टेक्ससका नेपालीबाट भोटेकोशी बाढीपीडितलाई दुई करोड १५ लाख सहयोग

टेक्ससका नेपालीबाट भोटेकोशी बाढीपीडितलाई दुई करोड १५ लाख सहयोग

अखबार दैनिक
शुक्रबार, असोज २ २०८३
  • टेक्ससका नेपालीबाट भोटेकोशी बाढीपीडितलाई दुई करोड १५ लाख सहयोग

    टेक्सस, अमेरिका, २ असोजः टेक्ससमा रहेका नेपाली समुदायले भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु २ करोड १५ लाख १७ हजार सहयोग गरेका छन् ।    
        
    ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासका लामा फाउन्डेसन, बेडफोर्डले रु १ करोड ७ लाख, इन्डिया बजार, फोर्टवर्थले रु ३८ लाख १७ हजार, वन स्टेप फाउन्डेसनले रु २५ लाख, अभान्ट फाउन्डेसनले रु १५ लाख, पाल्पाली संगम अमेरिकाले रु १५ लाख र नुवाकोट पिकनिक ग्रुप टेक्ससले रु १५ लाख सहयोग गरेका छन् ।    
        
    यसैगरी, नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाली जनसम्पर्क समिति अमेरिकाले आफ्ना १८ च्याप्टरबाट सङ्कलित ६६ हजार १९५.८८ अमेरिकी डलर नेपाली कांग्रेसको विपद् न्यूनीकरण कोषमार्फत नेपाल सरकारलाई बेग्लै पठाइएको जनाएको छ ।    

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ